जोगिमाराको दुर्घटनामा चार कोरियन पर्यटक सहित पांचको मृत्यु

721 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20150124_114313धादिङ,१६ चैत ः पृथ्वीराजमार्ग अन्र्तगत धादिङको जोगिमारा गाविस वडा नम्बर ९ खटौतीखोलामा नजिकै दुईवटा सवारी साधन एक आपसमा ठोक्किंदा पांच जनाको घटनास्थलमानै ज्यान गएको छ । दुर्घटनमा परि ज्यान गुमाउनेहरुमा नेपाल घुक्न आएका कोरियन पर्यटकहरु रहेका छन ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा मृत्युहुनेहरुमा CHAANG BOKHEE – M 28800632, NOH YON DEUK – M 58996019, JAYOUNG CHO – M 7706229 , LEE SONG YOUNG – JR 3453982  काठमाण्डौमा उपचारका क्रममा मृत्यु) र माईक्रोवसका चालक काठमाण्डौ गोलढुङ्गा ९ वस्ने वर्ष २३ का रोशन भुषाल रहेका छन । गम्भिर घाईते कोरीयन नागरिक KIM NAM KYU (DG 1386978)को ललितपुर ग्वार्को स्थित विएण्डवि अस्पतालमा उपचार भईरहेको छ भने अन्य घाईते नेपालीहरुको मेघा, शिवज्योती लगायतका अस्पतालमा उपचार भईरहेको वताईएको छ ।
पोखरावाट काठमाण्डौंका लागि छुटेको बा १ प १०२८ नम्वरको पर्यटक वोकेको माईक्रोवस र काठमाण्डौंबाट कपिलवस्तुका लागि छुटेको लु १ ख ९५९३ नम्बरको वस एक आपसमा ठोक्किंदा माईक्रोबसका चालक सहित चार जनाको घटनास्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले जानकारी दिनु भयो ।
सोमवार विहान १०.४० वजे तिर भएको सो दुर्घटनामा परि अन्य आठ जना घाईते भएका छन । घाईते मध्ये अन्य ६ जनालाई काठमाण्डौ उपचारार्थ पठाइएको र बाँकी १० जना गजुरी अस्पतालमा उपचार गरिएको पनि प्रहरीले जनाएको छ । नेपाल जोजाङ कोरीयन ट्रेक एण्ड चाईनिनोजन कम्पनी मार्फत नेपाल भ्रमणमा आएका कोरीयन पर्यटकहरु पोखराबाट काठमाण्डौं फर्कर्दै गर्दा दुर्घटनामा परेका हुन । भ्रमणमा रहेका ५ जना मध्ये  एक जना कोरीयन नागरिक मात्र वांच्न सफल भएका छन ।
तस्बिर सौजन्य  -प्रकाश मल्ल प्रहरी नायव उपरिक्षक जिल्ला प्रहरी कार्यालय धादिङ