पौडी खेल्नेक्रममा वालकको ज्यान गयो

427 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१८ चैत- धादिङ जिल्लाको कल्लेरी गाविस वडा नम्बर २ का एक वालकको पौडी खेल्ने क्रममा त्रिशूली नदीको दलदले हिलोमा फसेर ज्यान गएको छ ।
कल्लेरी गाविस वडा नम्बर २ का प्रेमवहादुर विकका ९ बर्षिय छोरा सुजनको बुधवार दिउंसो १ वजे तिर त्रिशूली नदीमा डुवेर ज्यान गएको हो । स्थानीय वाराही प्राविको कक्षा ३ मा पढ्दै गरेका सुजन परीक्षा सकेर साथीहरुसंगै त्रिशूली नदीमा पौडी खेल्न पुगेका विक नदी छेउको दलदले हिलोमा फसेपछि वाहिर निस्कन नसकेर ज्यान गएको स्थानीयले वताएका छन ।
नदी छेउको हिलोमा फसेपछि सुजनलाई निकाल्न धेरैबेर प्रयास वालवालिकाले ढिला गरेर अभिभावकलाई खबर दिंदा जिवित उद्धार गर्न नसकिएको पनि गाउंलेहरुले वताए ।