३० वर्षसम्म मृत्युदण्ड कुरेका व्यक्ति निर्दोष ठहरिँदा…

871 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Ray_hilton_freed_jail_576105672

फोटो :जेलबाट रिहा भएपछि आफन्तसँग अंकमाल गर्दै रे हिन्टन । तस्बिर : एजेन्सी
एजेन्सी : अमेरिकाको अलबामा राज्यमा ३० वर्षसम्म मृत्युदण्ड कुरिरहेका एक पुरुष निर्दोष ठहरिँदै रिहा भएका छन् । उनीविरुद्ध वकिलहरुले पेश गरेको अपराधसम्बन्धी प्रमाण पुष्टि नभएपछि रिहा गरिएको हो ।

यो कानुनी लडाइँ शुरु हुने क्रममा १९८५ मा हत्या अभियोगमा पक्राउ पर्दा रे हिन्टन २९ वर्षका थिए । ३० वर्षसम्म मृत्यु कुरेर शुक्रबार जेलबाट रिहा हुँदा उनी ५८ वर्षका भएका छन् । उनको कपाल फुलेर सेतो भएको छ । उनलाई लिन जेफर्सन काउन्टी कारागारमा उनका बहिनीहरू आएका थिए अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ ।

गत वर्ष अमेरिकी सर्वोच्च अदालतले हिल्टनको प्रारम्भिक सुनुवाई अपर्याप्त भएको निर्णय गरेको थियो । उनले नयाँ सुनुवाइमा विजय हासिल गरेका छन् । तीन दशक अगाडि गरिएको ब्यालेस्टिक परीक्षण र नयाँ यस्तै परीक्षणको नतिजा फरक देखिएपछि सरकारी वकिलहरूले हिल्टनमाथिको आरोप हटाएका हुन् ।

हिन्टनको घरमा फेला परेको बन्दुक र अपराधस्थलमा फेला परेको गोलीबीच विशेषज्ञहरूले सामञ्जस्यता फेला पार्न सकेनन् । हिल्टनले विशेषज्ञहरूले बन्दुक परिक्षण गरिदिएको आफूले ३० वर्षसम्म मृत्युदण्ड कुर्नु नपर्ने गुनासो गरे । यस विषयमा अलबामा राज्यले माफी मागेको छैन ।

उनले आफैँलाई माथि पुगेका, बलिया भएका र कानुनभन्दा माथि पुगेका ठान्ने व्यक्तिले उत्तर दिन नपरेपनि आफूलाई मृत्यृदण्डको निर्णय दिन लगाउने व्यक्तिले भगवानलाई जवाफ दिनुपर्ने बताए । उनले ती व्यक्तिले आफूलाई आफ्ना परिवार र मित्रबाट परमा नलगी आफूले नगरेको अपराधका लागि आफूलाई मार्न खोजेको बताए ।

बर्मिङघमको एक रेस्टुराँमा काम गर्ने दुई पुरुष व्यवस्थापकको हत्या गरेको भनी हिन्टनलाई सन् १९८५ मा पक्राउ गरिएको थियो । तेस्रो व्यक्तिले हिन्टनले गोली हानेको भनी आरोप लगाएपछि उनलाई पक्राउ गरिएको थियो ।

सरकारी विशेषज्ञहरूले सुनुवाइको समयमा अपराधस्थलमा फेला परेका तीन गोली हिन्टनको आमाको .३८ क्यालिबरको स्मिथ एण्ड वेसन रिभल्भरबाट निस्केको देखिएको बताएका थिए ।

हिन्टनले तेस्रो गोली प्रहार हुँदा पनि आफू १५ मिनेट पर एक गोदाममा काम गरिरहेको दाबी गरेका थिए । यसो भए पनि हिन्टनलाई दोषी प्रमाणित गरिएको थियो ।

जिल्लाका उपप्रमुख सरकारी वकिल जन आर बोवर्सले बर्मिङघममा भएको अपराधका लागि आफूहरूसँग गोली र बन्दुक मात्र भएको र बन्दुक हिन्टनको घरमा फेला परेको जानकारी दिए ।

गत वर्ष सर्वोच्च अदालतले पहिलेको सुनुवाइको समयमा हिन्टनसँग राज्यले लगाएको आरोपविरुद्ध प्रमाण पेस गर्न ब्यालेस्टिक विशेषज्ञ खोज्न केबल एक हजार अमेरिकी डलरमात्र भएको भनी निजका वकिलले गलत रूपमा सोचेको आरोप लागेको थियो । त्यसपछि उक्त सुनुवाइ संवैधानिक रूपमा अपर्याप्त भएको निर्णय आएको थियो ।

उक्त मूल्यमा काम गर्न तयार भएका विशेषज्ञले पनि हिन्टनसँग काम चलाउ सोधपुछ गरी निर्णायक समूहका सदस्यहरूले हाँसीमजाक गरेको बताइएको छ ।

अलबामाको समन्याय प्रयासका निर्देशक वकिल ब्रायन स्टिभेनसनले यो अमेरिकी न्यायिक प्रणालीमा गलत उदाहरण भएको बताए । यसमा प्रारम्भिक सुनुवाइ गरिब अफ्रिकन अमेरिकन पुरुषसँग राम्रो प्रतिरक्षाको पहुँच नभएको भन्ने गलत अवधारणामा आधारित भएको बताए ।

उनले यस मुद्दामा सही काम गर्न सकिने अवस्था हुँदाहुँदै वकिलहरूले यस्तो परीक्षण वर्षौँ पहिले नै नगर्दा निर्दोष व्यक्तिल दु:ख पाएको बताए ।