दाइजो विवादमा ससुरासहित दशको गोली हानी हत्या

626 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ak_47_fire_857555946फोटो :एजेन्सी
पाकिस्तान : पाकिस्तानको उत्तरपूर्वी भागमा एक युवाले पत्नीले घर छोडेको झोंकमा ससुरासहित १० जनालार्इ गोली हानी हत्या गरेका छन् । २५ वर्षीय युवा अहमद साहले आइतबार बिहान ससुरासहित १० जनामाथि एके ४७ राइफलले गोली बर्साएर ज्यान  लिएका हुन् अन्नपूर्ण पोष्टमा खबर छ ।
दाइजो विवादले घर छाडेकी पत्नी नफर्केपछि उग्र भएका युवाले ससुराली घरैमा पसेर गोली बर्साएका हुन् । पाकिस्तानमा बिहे टुटेमा केटीका परिवारले केटाका परिवारसँग महंगो दाइजो असुल्ने चलन छ ।
सोही विवादमा अहमदले ६ महिनाअघि घर छोडेकी पत्नीलार्इ दाइजो नदिएको भन्दै  आफ्ना बाबु र दाजुहरुको ज्यान लिएर भागेका थिए । आफूसँग महंगो दाइजो मागिएपछि दिन नसकेको झोंकमा पत्नीका नौ नातेदारको अहमदले हत्या गरेको जानकारी प्रहरीले  दिएको छ ।
अहमदले पख्तुनख्वा प्रान्तको चर्सदा जिल्लामा बिहानै एके–४७ बन्दुकले ती व्यक्तिको हत्या गरी भागेको प्रहरीले उल्लेख गरेको छ ।
जिल्ला प्रहरी प्रमुख सफायुल्लाह खानले यी व्यक्ति सुतिरहेको समयमा घरमा पसेर हत्या गरिएको हो । गोली लागेर मारिनेमा दुई बालबालिका र चार महिला भएको उनले जानकारी दिए ।
ती युवाले युवतीलार्इ दाइजो दिन नमानेको भन्दै ६ महिनाअघि आफ्नै आमाबाबु र दुई दाजुलार्इ गोली हानी भागेको प्रहरीले जनाएको छ ।
खानले साह गत वर्ष आफ्नै आमाबाबु तथा दुई दाजुको हत्या गरी भागेका भगौडा अपराधी भएको बताए । सम्बन्ध टुट्ने अवस्था आएपछि महिलाका बाबुले दाइजोमा आवासीय सुविधाका लागि मागेको जग्गा दिन केटापक्षले अस्वीकार गर्दा यो हिंस्रक घटना भएको हो  ।
पाकिस्तानका अर्का प्रहरी अधिकारी गुलजार खानले आफ्नै परिवारको हत्या गरेपछि उग्र भएका साहले यो घटना गराएको बताए । साह यी महिलाका नातेदार भएको अर्का वरिष्ठ प्रहरी अधिकारी अब्दुल रसिदले बताए ।
पाकिस्तानमा विवाह प्रायः नातेदारमा गरिन्छ । यहाँ सम्बन्ध टुटेमा दुलहीको परिवारले महिलाको सुरक्षाका लागि महङ्गो दाइजो माग्ने गर्छन् । -एजेन्सीको सहयोगमा