खेल्दाखेल्दै बालिकाको गयो ज्यान

504 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, चैत २३– दक्षिणी धादिङको थाक्रे–३ महादेवबेसीमा अव्यवस्थित रूपमा राखिएको मुढामा खेल्दै गर्दा एक बालिकाको ज्यान गएको छ । थाक्रे–३ महादेवबेसीका कुमोद्दिन मियाको ४ वर्षीया छोरी अप्सनाको घरनजिकै राखिएको मुढामा खेल्दै गर्दा च्यापेर मृत्यु भएको महादेवबेसी प्रहरी चौकीले जनाएको छ । घटनापछि गम्भीर घाइते भएकी बालिकालाई उपचारका निम्ति लैजाँदा मृत्यु भइसकेको पाइएको प्रहरीको भनाइ छ । यसैगरी धादिङको तसर्पु–२ देवलीछापस्थित कच्ची सडकमा रोकिराखेको ट्र्याक्टर चलाउन खोज्दा दुर्घटना भई अर्का एकजनाको मृत्यु भएको छ । चालक नभएको समयमा ट्र्याक्टर चलाउन खोज्दा पल्टिएर सोही ट्र्याक्टरले च्याप्दा स्थानीय ३१ वर्षीय चन्द्रबहादुर तामाङको घटनास्थलमा नै मृत्यु भएको महादेवबेसी प्रहरी चौकीले जनाएको छ । ना४त ७१९३ नम्बरको सो ट्र्याक्टर पल्टिएर अन्दाजी ७० फिट तल खोल्सामा पुगेको छ । –