जहाजको ककपिटभित्रै पाइलट कुटिएपछि……
501 पटक पढिएको
भारतको जयपुर एयरपोर्टमा आइतबार साँझ एयर इन्डियाका फ्लाइटमा पाइलट र को-पाइलटबीच कुटाकुट भएको हो ।
ककपिटमा भएको झगडाका क्रममा रिसले आगो भएका को-पाइलटले आफ्ना क्याप्टेनलार्इ कुटपिट गरेका हुन् । यो घटना एयरबस ए-३२० को दिल्ली उडान भर्न लागेको जहाजको ककपिटमा भएको हो ।
टाइम्स अफ इन्डियाका अनुसार क्याप्टेनले आफ्ना को-पाइलटलार्इ यात्रीको संख्या र उड़ानका क्रममा जहाजमा रहेको इन्धनबारेमा तथ्यांक राख्न अह्राएका थिए ।
क्याप्टेनले अह्राएपछि रिसाएका को-पाइलटले जहाजको ककपिटभित्रै पाइलटमाथि हात हालेका हुन् । एयर इन्डियाका प्रवक्ताले भने कुटपिटको घटनालार्इ गलत भएको दाबी गरे ।
उनले क्याप्टेन र को-पाइलटबीचमा केबल भनाभन भएको दाबी गरेका छन् । भनाभन भएपछि दुबैजनाले आपसमा मिलेर विवाद सुल्झाएको एयर इन्डियाको दाबी छ ।
क्याप्टेनले दिल्लीमा जहाज अवतरणा गराएपछि एयर इन्डियाको मुभमेन्ट कन्ट्रोलमा लग इन्ट्री गर आफ्नो घर मुम्बईतर्फ उडान भरे । टाइम्स अफ इन्डियाका अनुसार यसअघि पनि ती को-पाइलटमाथि यस्ता आरोप लाग्दै आएका छन् ।एजेन्सी