पत्रकार भट्टराईको हत्यामा संलग्नलाई कारवाहीको माग

656 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 बाबुराम श्रेष्ठ
gyapan patraधादिङ २४ चैत : उदयपुरमा रहेर पत्रकारिता गर्दै आउनु भएका प्रेस चौतारी नेपाल उदयपुरका कोषाध्यक्ष रामप्रसाद भट्टराई (सचिन)को हत्यामा संलग्न भएकाहरुमाथि कारवाहीको माग गर्दै प्रेस चौतारी नेपालले सरकार समक्ष ज्ञापन पत्र बुझाएको छ ।

चैत्र ११ गते रातको समयमा पत्रकार भट्टराईको सुनसरी जिल्लाको इटहरीमा रहस्यमय ढंगबाट हत्या भएको थियो । भट्टराईको हत्यामा संलग्न भएकाहरु माथि कडा भन्दा कडा सजायंँ र मृतकको आश्रित परिवारलाई उचित सहयोगको माग गर्दै प्रेस चौतारी नेपालले मंगलवार देशभरका गृहमन्त्रालय मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको हो । यसैक्रममा प्रेस चौतारी धादिङले पनि मंगलवार धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाएको छ ।
प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एवम वागमती अंचल इन्चार्ज केशव अधिकारी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष एवमप्रेस चौतारी नेपालका पुर्व केन्द्रिय सदस्य एवम वागमती अंचल इन्चार्ज नवराज छत्कुली, चौतारी धादिङका पसर्व अध्यक्ष गायत्री खतिवडा,प्रेस युनियनका केन्द्रिय सदस्य एवम वागमती अंचल संयोजक मुरारी अधिकारी, जिल्ला अध्यक्ष पोषनाथ अधिकारीका साथै क्रान्तिकाी पत्रकार संघका प्रतिनिधि एवम जिल्लामा कृयाशिल अन्य पत्रकारहरुको उपस्थितीमा चौतारी धादिङका सचिव सरिता श्रेष्ठले प्रमुख जिल्ला अधिकारी घिमिरेलाई ज्ञापन पत्र बुझाउनु भएको हो ।
प्रेस चौतारी नेपाल उदयपुरका कोषाध्यक्ष रामप्रसाद भट्टराई (सचिन) को चैत्र ११ गतेको राती हत्या भएको थियो । भट्टराईको हत्यापछि उनीमा आश्रित परिवारको बिचल्ली भएको छ । भट्टराईका ८१ बर्षिय पिता र दुर्व आंखा नदेख्ने आमा हुनुहुन्छ । वैदेशिक रोजगारीका क्रममा दुई बर्ष अघि दाजुको हत्या भएपछि सिङगो परिवारको जिम्मेवारी रामप्रसादको कांधमा आएको थिया ।
हत्यामा संलग्न भएकाहरुमाथि कारवाहीको माग राखि देशभरका पत्रकार आन्दोलित भईरहेका वेला केही शंकास्पद व्यक्ति सोमवार सुनसरीमा पक्राउ परेका छन । रक्सिको नशामा रहेका उनिहरुले भट्टराईको हत्या आंफुहरुले गरेको भनेर अभिव्यक्ति दिएपछि उनिहरुमाथि शंका लागि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ ।