अफगानिस्तानमा बाह्र तालिवान मारिए

413 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काबुल,- अफगान सेनाले अफगानिस्तानको विभिन्न प्रान्तमा बुधबार बिहानदेखि सुरु गरेको सैनिक कारबाहीमा परी कम्तीमा १२ तालिवानी आतङ्ककारी मारिएको त्यहाँका प्रतिरक्षा मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

सो मन्त्रालयद्वारा जारी विज्ञप्तिमा अफगान सेनाले अफगानिस्तानको नान्र्गाहार, खोस्त जाबुल र समानगान प्रान्तमा जारी राखेको कारबाहीको क्रममा ४ तालिवानको मृत्यु हुनुका साथै अन्य चार घाइते भएको र पाँच पक्राउ परेको जनाइएको छ ।

सोही अवधिमा सेनाको विशेष समूहद्वारा जारी तालिवानी विरुद्धको कारबाहीमा २० वटा बम र बारुदी सुरुङ्ग निष्क्रिय पारेको जनाइएको छ ।

यद्यपी अफगानिस्तानको पूर्वी प्रान्त गजनीको जाना खान जिल्लामा अवस्थित एक जाँच चौकीमा तालिवानी आतङ्ककारीले, रातभरी गरेको आक्रमणमा आठ तालिवानी आतङ्ककारी मारिएका छन् ।

सो आक्रमणमा परी एक सुरक्षा अधिकारी भने घाइते भएको प्रान्तीय सरकारी प्रवक्ता जिया याक्उबीले सिन्ह्वा सहमाचार समितिलाई बिहीबार बिहान सबेरै बताउनुभएको छ । तालिवानी समूहले हालसम्म यस विषयमा कुनै टिप्पणी गरेको छैन ।