नेपाल–बङ्गलादेश कलासाहित्य उत्सव सम्पन्न

760 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 माधव अधिकारी

Bangladesh Programकाठमाडौँ -नेपाल तथा बङ्लादेशका श्रष्टाहरूका बीच दुई दिने कला—साहित्य विनिमयको कार्यक्रम शनिवार बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न भएको छ । बङ्लादेशस्थित दुई संस्था — रुट बङ्लादेश र ओइको लिमिटेड — को निमन्त्रणामा नेपालबाट कवि कृष्ण प्रसाई अध्यक्ष रहेको संस्था जरा फाउण्डेसनले संयोजन गरेर ढाका पु¥याएका श्रष्टाहरूले बङ्लादेशी साहित्यकार र कलाकारहरूसँग एक–अकार्का सिर्जना साटासाट गरे ।

ढाकास्थित राष्ट्रिय सङ्ग्राहालायको सभाकक्षमा आयोजित यस दुई दिने कार्यक्रमको पहिलो दिनको उद्घाटन बङ्लादेशका समाज कल्याण राज्य प्रमोद मानकिनले गरेका थिए । बङ्लादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठको समुमपस्थितिमा सम्पन्न उक्त कार्यक्रमका नेपाली गायक प्रदीप बम्जनले नेपाली र बङ्गाली गीत प्रस्तुत गरेका थिए भने नृत्याङ्गना अस्मिता भण्डारी, प्रमिशा श्रेष्ठ र पवन पाठकले नृत्य प्रस्तुत गरेका थिए । बङ्लादेशको तर्फबाट सामूहिक नृत्य तथा रबीन्द्र सङ्गीत प्रस्तुत गरिएको थियो । कार्यक्रमको दोस्रो दिन बङ्ला एकादेमीका महानिर्देशक समजुज्जमान खानको प्रमुख आतिथ्यमा विचार गोष्ठी, सिर्जना वाचन, कष्ठकला प्रदर्शनी र चित्रकला प्रदर्शनी सम्पन्न गरियो ।

नेपालको तर्फबाट समालोचक महेश पौड्यालले समकालिन नेपाली साहित्यमा स्थानीय विषयको उठानका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने बङ्लादेशको तर्फबाट बङ्लादेश सरकारका संस्कृति सचिव तथा कथाकार डा. रञ्जीत विश्वासले बङ्ला कथाको विकासक्रमका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि प्रसिद्ध बङ्गाली कवि तथा सांसद काजी रोजीले टिप्पणी गरेकी थिइन् । नेपाली काष्ठकला विशेषज्ञ नेरेन्द्रबहादुर श्रेष्ठको काष्ठकला प्रदर्शनी र कलाकार नगेन्द्रप्रसाद पौड्यालको चित्रकला प्रदर्शनीसँगै शुरु भएको उक्त कार्यक्रमका नेपाली कविहरू कृष्ण प्रसाई, राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदन, मातृका पोखरेल, सीमा आभास र सिलिगुडीकी लतिका जोशीले कविता सुनाएका थिए भने बङ्लादेशको तर्फबाट प्रसिद्ध कवि रफिक आजाद, काजी रोजी, दिलारा हफिज, हरसित बाला, तारिक सुजात, दिलदार होसैन, सेली सेनगुप्ता, लिली हक आदि कविहरूले कविता सुनाएको थिए । कार्यक्रमको दास्रो दिन ढाकास्थित नेपाली राजदूतावासले कविता वाचन र सङ्गीतक प्रस्तुतिहरूसहित रात्री भोजको आयोजना गरेको थियो । दुई दिने कार्यक्रम सकेर नेपाली टोली आइतबार काठमाडौँ फर्केको छ ।