धादिङमा दुईको मृत्यु

540 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,३० चैत – छुट्टाछुट्टै दुई वटा घटनामा परि सोमबार धादिङमा दुई जनाको ज्यान गएको छ । सोमबार दिउंसो नौविसे गाविसमा पर्ने पृथ्वीराजमार्गको धार्केमा ट्रकको ठक्करबाट एक वालिकाको ज्यान गएको छ ।
जिल्लाको केवलपुर गाविस वडा नम्बर ४ घर भएकी ७ बर्षिया तुलसा सुवेदीलाई काठमाण्डौबाट विरजंगका लागि छुटेको ना २ ख ३५१० नम्बरको ट्रकले दिउंसो ३.४० वजे तिर ठक्कर दिंदा वालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय खानीखोला धादिङले जनाएको छ ।
यसैगरी कुम्पुर गाविसको कुम्पुरभन्ज्याङमा चट्याङले लागेर घाईते भएका एक युवकको उपचारका क्रममा ज्यान गएको छ । आईतबार राती १० वजे तिर घरमै सुतिरहेको वेला चट्याङ लागेर घाईते भएका बिष्णु नेपालीका १९ बर्षिय छोरा सोम नेपालीको गजुरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।