विवाह गरेको एक हप्तामा मलेसिया उडेका भुजेल बेहोस भएपछि ब्युँझिएनन्

1241 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Kalleriक्वालालम्पुर, ६ वैशाख । मलेसियाको जोहर फ्लेक्ट्रोनिक कम्पनीमा कार्यरत अर्जुन भुजेलको शनिबार बिहान मलेसियामा मृत्यू भएको छ ।आफू बस्ने कोठाबाट बसमा चढेर साथीहरुसँगै कामका लागि कम्पनीमा पुगेका अर्जुन अचानक बेहोस भई ढलेका थिए । सोही कम्पनीमा कार्यरत नेपाली ईश्वर मगरका अनुसार बेहोस भएका अर्जुनलाई अस्पताल पुर्याइएको थियो । अस्पतालमा उनको मृत्यू भएको घोषणा गरिएको मगरले जानकारी दिए ।

धादिङको कल्लेरी–६ खरीढुंगाका पशुपति भुजेलका २३ वर्षीय छोरा अर्जुनको मृत्यूको कारण भने खुल्न सकेको छैन । उनी मलेसिया जानु अघि जनमुक्ति सेनाको शक्तिखोर शिविरमा रहेका थिए ।

जनमुक्ति सेना छाडेर केही समय पोखरा बसेका उनले गत असारमा धादिङ साँखुमा विवाह गरेका थिए । विवाहको एक हप्तापछि रोजगारीका लागि विदेशिएका भुजेलको आइतबार बिहान निधन भएको हो साझा पोष्ट डट कमले खबर लेखेको छ ।