पशुपति दर्शन गरेर फर्केका भारतीय तिर्थयात्रुको बस दुर्घटना, १३ जनाको मृत्यु

435 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

त्रिभुवन राजपथमा पर्ने धादिङ जिल्लाको नौविसे गाविसको वडा नम्बर ५ झ्याप्लेखोलामा बुधवार विहान ८ बजे तिर भारतीय पर्यटक चढेको बस पल्टिँदा १३ जनाको घटनास्थलमानै ज्यान गएको छ। दुर्घटनामा परि घाईते भएका ३५जनाको उद्धार गरिएको छ।

पशुपति दर्शन गरेर काठमाडौंबाट गोरखपुर जाँदै गरेको भारतीय पर्यटकहरु चढेको जी जे १४ एक्स नम्बरको बस नागढुंगाबाट केही अगाडि झ्याप्लेखोलामा एक्कासी अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेको इलाका प्रहरी कार्यालय खानीखोला धादिङले जनाएको छ।

दुई तले बसमा कति यात्रु थिए भन्ने यकिन नखुलेपनि अहिले सम्म १२ जनाको घटनास्थलमानै शव भेटिएको र ३५ जनालाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाईसकिएको छ। बस भीरमा अडकिएकाले क्रेनको सहायताले मात्र सडकमा निकाल्न सकिने भएकाले बसले च्यापेको अवस्थामा कोही हुन सक्ने उद्धारकार्यमा संलग्न शसस्त्र प्रहरीले जनाएको छ।

दुर्घटनामा परेकाहरुको उद्धारका लागि सशस्त्र प्रहरी बल बलम्बुवाट प्रहरी नायव उपरीक्षकको नेत्तृत्वमा खटिएको एक सय ७ जनाको टोलीका साथै , नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी सक्रिय भएर लागिरहेका छन्।

मृत्यु हुनेहरुमा ६ महिला र ६ जना पुरुष रहेपनि उनिहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। विपरित दिशावाट आईरहेको मोटरसाईकललाई साईड दिन खोज्दा बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको र बस भीरमा गएर रुखमा अडकिएको उद्धारमा संलग्न शशस्त्र प्रहरी टोलीले जनाएको छ।