नेपाली जल तथा मौसमविद अम्बरिश पोख्रेललाई अमेरिकन मौसमविद समाजको प्रथम पुरस्कार

979 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11122558_10153239244799813_262887235_nत्रिभुवन बिस्वबिद्यालय अन्तर्गत त्रिचन्द्र क्याम्पसमा सन् २००३ देखि असिस्टेन्ट प्रोफेसरमा कार्यरत, अर्घाखाँची जिल्ला, सन्धिखर्क, न. पा. वार्ड नम्बर ७ निबासी गुरुकुल परिवारमा पिता रामचन्द्र तथा माता चित्रकला पोखरेलको कोखबाट जन्मेका छोरा अम्बरिश पोख्रेल जापानको एक उत्कृस्ट बिस्वबिध्यालय मध्येको एक होक्कैदो बिस्वबिध्यालयमा पी एच डी को अनुसन्धानको क्रममा ९५ औ अमेरिकन मौसमविद साधारण सभाबाट प्रथम पुरस्कारले पुरस्कृत भयका छन्। 
यसरी उनको त्यो अनुसन्धान कम्तिमा पनि अमेरिकन मौसमविद समाजको नजरमा यो बर्स २०१४ को लागी उत्कृस्ट अनुसन्धान हो । यसरी हाल जापानमा गरियको बाताबरण तथा मौसम सम्बन्धी उनको अनुसन्धान अमेरिकन मौसंबिद समाजको प्रथम पुरस्कारले पुरस्कृत हुने पहिलो नेपाली बैज्ञानिक युवा हुन् । 
१० हजारभन्दा बढी सदस्य भयको यो समाज बिस्वको ठुलो समाज मध्यकै एक मानिन्छ ।  जापानको होक्कैदो बिस्वबिध्यालय र यो संग सम्बन्धित अर्को एउटा अनुसन्धान केन्द्रको होमपेजमा समेत पोखरेलको नाम अंग्रेजी र जापानी भाषा दुबैमा सुनौलो अक्षरमा लेखि सकेको छ ।  स्मरण रहोस यो होक्कैदो बिस्वबिध्यालयले नोबेल पुरस्कार देखि थुप्रै अन्तरास्ट्रीय पुरस्कारहरु जितेको छ/ पोख्रेलले जिल्लाको सामान्य सरकारी स्कुल श्री जन ज्योति र त्रि चन्द्र क्याम्पसमा आइ एस्सी (I.Sc.), बि एस सी (B.Sc .) र क्रितिपुरमा मास्टर तह पुरा गरेका हुन् । 
उनि जिल्लाका एक शिक्षित परिवारमा जन्मेका रहेछन, जसको हजुर बा देखि अरु आफन्तहरु समेत निकै पढैया हुने गरेको बताए/ अहिलेको अनुसन्धान बिसेस गरी उत्तरी गोलार्धमा केन्द्रित भयको हुदा दक्षिणी गोलार्धसंग के कति समानता वा असमानता छ भनेर खोज्ने पो होकी भन्ने योजना अन्तर्गत अब त्यसको लागी अन्टार्टिका महादेशलाइ केन्द्र बिन्दु मानेर काम गर्ने बताए/ त्यसो गरियो भने सिंगो बिस्वको लागी एउटा निचोड आउने र आगामी दिनमा त्यसको अनुसन्धान अझ तिब्र पार्न सजिलो हुने कुरामा आशाबादी छन् ।  उनि उनले थप आगाडी भने, यहाँ खोजी गर्नु पर्ने कुराहरु धेरै नै छन्  । 
त्यो खोज यती धेरै गहिराई तिर पुगेको छ कि, एकजनाले एउटा रुखको सानो हागा को पनि सानो हागा समातेर अनुसन्धान गर्नु पर्ने भईसकेको छ/ संसारमा अब त्यही हुदै छ ।  त्यसको बिकल्प अब निकै कठिन काम हो/ अब एउटा मसिनो हागाको अनुसन्धान गर्ने मान्छेले वा बैग्न्यनिकले अर्को हागाको अनुसन्धान गर्न वा त्यो बारेमा बताउन निकै गारो हुदै छ/ अर्को रुखको हागाको बारेमा त झन् गारो कुरा पो हो नि/ चाख लाग्दो कुरा के छ भने, एकथरी मान्छेहरुले मौसम वा हावापानीको मात्र, एकथरीले भुगर्व शास्त्र र अर्को थरीले रसायन शास्त्रको मात्र अनुसन्धान गर्ने गरेका छन् / अझ ती शास्त्र भित्रको पनि एउटा सानो हागा को अनुसन्धान गर्ने र गराउने चलन छ/ यसको कारण त प्रस्ट नै छ / तर उनले प्रस्तुत गरेको अनुशन्धानले कम्तिमा पनि माथी उल्लेख गरेका रुखहरुको हागाहरुको कारणले हाम्रो बाताबरणमा हुने गरेका ठुलो संख्याका योगीकहरुको समुह र उपसमुहरु माथी के कस्तो असर परेको थियो/ तिनीहरु कहाँ-कहाँबाट र कसरी- कसरी जम्मा हुने गरेका थिय ।  तिनीहरुको उत्पादन, बिनाश वा एक प्रकारको योगीकहरुको समुह कसरी र किन अर्को प्रकारको योगीकहरुको समुह वा उप समुहमा परिबर्तन हुने गरेका थिय भन्ने कुरा देखाउने प्रयास गरियको छ/ अर्थात् एउटा रुखको हागो र अर्को रुखको हागो बिचमा समेत के कस्तो सम्बन्ध छ भन्ने कुरा प्रस्तुत गरियको छ/ जब कि ति दुई रुखहरु समेत एउतै जातका होइनन। 
11086688_10153239244749813_738463998_n 11122558_10153239244799813_262887235_n 11130577_10153239244769813_886191906_n 11130641_10153239244754813_420091323_n 11131955_10153239244784813_545635084_n