विहे भोजमा वामदेवदेखि रामदेवसम्म- पुर्व प्रधानमन्त्री एमाले नेता नेपालले तीन हजारलाई भोज खुवाए

630 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Madhav-Nepal-With-Son-Sonकाठमाडौं, -पूर्वप्रधानमन्त्रीसमेत रहेका एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना छोराको धुमधामसँग विहे भोज दिएका छन् ।

काठमाडौंको बबरमहलमा नेता नेपालले बिहीबार राति झण्डै तीन हजार पाहुनालाई भोज खुवाए ।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भएको विहे भोजमा राष्ट्रपतिदेखि रामदेवसम्म पुगेका थिए ।

नेता नेपालको विहे भोजमा सबैले साकाहारी खानाको अपेक्षा गरेका थिए । यद्यपि भोजमा सोँचेभन्दा फरक थियो ।

पाहुनाहरूलाई वरिष्ठ नेता नेपालले स्वागतका लागि खसी र बोइलर कुखुराको मासुका साथै माछाको परिकार राखिएको स्रोतको भनाइ छ । भोजमा मदिराको भने व्यवस्था थिएन ।

पूर्वप्रधानमन्त्री नेपालले आफ्ना इञ्जिनियर छोरा सौरभ नेपालको बुधबार ललिपुर मानभवन निवासी टेकबहादुर अधिकारीकी छोरी दृष्टि अधिकारीसँग विहे गरीदिएका थिए । विहेको एक दिनपछि बिहीबार साँझ नेता नेपालले भब्य भोज दिएका हुन् ।

भोज खान राष्ट्रपति डा.रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, एमाले अध्यक्ष केपी ओली, गृहमन्त्री वामदेब गौतम, महासचिव ईश्वर पोखरेल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नाराणकाजी श्रेष्ठ कांग्रेस नेता शेरबाहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्थमन्त्री रामशरण महत, प्रकाशशरण महतलगायतको उपस्थिति रहेको एक सहभागीले बताए ।

विहे भोजमा खाने सूचीमा नेपाल प्रहरीका प्रमुख, नेपाली सेनाका प्रमुख, संवैधानिक निकाय, विभिन्न नियोगका प्रमुख, नेपालस्थित विभिन्न मुलुकका राजदूतहरू, सरकारी उच्च अधिकारी, मन्त्रालयका सचिवहरू, पार्टीका नेताहरू, पत्रकारहरूको उपस्थिति रहेको थियो ।

‘यति ठूलो मान्छेलाई कसले कारबाही गरोस्’, विहे भोजमा सहभागी भएका एक नेताले भने, ‘कारबाही गर्नेहरू नै विहे खान आएका थिए !’ यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्नी छोरीको विहे साधारण रुपमा गरेका थिए ।

वरिष्ठ नेता नेपालको छोराको विहे भोजमा भारतबाट आएका योगगुरु रामदेव र उनका सहयोगी आर्चाय बालकृणको पनि सहभागिता रहेको एमालेका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

‘विहे भोजको पार्टी राम्रो थियो’, उनले भने, ‘उच्च अधिकारी र राजनेताहरूको सहभागिता रहेको थियो ।’

Madhav-Nepal

समाज सुधार ऐनअनुरसार ५१ जनाभन्दा बढी जन्ती लैजान पाइँदैन । र विहे भाजमा तडकभडक पनि गर्न पाइँदैन ।

यद्यपि, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले समाज सुधार ऐनलाई वेवास्ता गर्दै विहे भाज दिएको भन्दै आलोचना भएको छ । नेता नेपालले दिएको छोराको भोजले ऐनलाई उल्लंघन गरेको आलोचकहरूको आरोप छ ।

‘यति ठूलो मान्छेलाई कसले कारबाही गरोस्’, विहे भोजमा सहभागी भएका एक नेताले भने, ‘कारबाही गर्नेहरू नै विहे खान आएका थिए !’

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्नी छोरीको विहे साधारण रुपमा गरेका थिए ।

उनले समाज सुधार ऐनअनुसार ५१ जना जन्तीलाई मात्रै अनुमति दिएका थिए । उनको प्रशंसासमेत भएको थियो ।

– सौर्य दैनिकबाट