धादिङबेशीमा जारी प्रथम प्रजिअ कप ब्याडमिन्टन प्रतियोगीता सम्पन्न

743 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-धादिङबेशीमा जारी प्रथम प्रमुख जिल्ला अधिकारी कप ब्याडमिन्टन प्रतियोगीता शुक्रवार सम्पन्न भएको छ ।

11178271_10203654843083018_4429747497494718106_nलोकतन्त्र दिवसको अवसर पारी धादिङ जिल्ला ब्याटमिन्टन संघले आयोजना गरेका प्रथम सिडियो कप अन्तरगत आज भएको पुरुष एकल तर्फको फाइनल संगै प्रतियोगीता सम्पन्न भएको हो । शुक्रवार  भएको पुरुष एकलतर्फको फाइनलमा रामचन्द्र गिरिले राजकुमार श्रेष्ठलाइ पराजित गर्नुभएको छ । निकै प्रतिस्पर्धात्मक भएको खेलमा पहिलो सेटमा पछाडि परेका राजकुमार दोस्रो सेटमा खेलमा फर्किएपछि तेस्रो सेटमा निकै कठिन जितका साथ गिरिले पुरुष एकलको उपाधि हात पार्न सफल हुनुभएको हो । ५ दिनसम्म चलेको प्रतियोगीतामा विभिन्न चार वटा विधामा ७४ जना खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो । विजयी खेलाडीहरु सवै लाइ शुक्रवार समापान समारोहको अवसरमा ट्रफि प्रमाण पत्र र मेडल प्रदान गरिएको छ ।
11156290_10205206471415378_8916324578188051134_nप्रतियोगीतामा पुरुष एकलतर्फ राजकुमार श्रेष्ठ द्वितिय हुनुभएको छ भने भीषण श्रेष्ठ र हरि गोतामे तृतिय हुनुभएको छ । त्यसैगरि पुरुष युगल ए डिभिजन तर्फ बासुदेव घिमिरे र विष्णुलाल श्रेष्ठको टिम प्रथम, बद्रीकुमार श्रेष्ठ र रामचन्द्र गिरिको टिम द्वितिय, हरि गोतामे र दुर्गा शाही तथा राजकुमार श्रेष्ठ र भोला गौतमको टिम तृतिय भएको छ ।
त्यसैगरि बी डिभिजन पुरुष युगल तर्फ गणेश लामा र विकास हायुको टिम प्रथम, कुमार श्रेष्ठ र रामकुमार श्रेष्ठको टिम द्धितिय र नविनकुमार श्रेष्ठ र रामसिंह तामाङ तथा तुल बहादुर थापा र सुर्य सिंह गुरुङको टिम तृतिय हुनुभएको छ ।
त्यसैगरि मास्टर्स भेट्रान्स तफृ बासुदेव घिमिेर र राजु सापकोटाको टिम प्रथम, चित्र नारायण श्रेष्ठ र चित्र बहादुर श्रेष्ठको टिम दितिय र विष्णुकुमार श्रेष्ठ र गोपाल श्रेष्ठ तथा भोला गौतम र विष्णु बहादुर श्रेष्ठको टिम तृतिय हुनुभएको छ ।
10906245_10203654673198771_5876388201412985475_nसमापन समारोहमा शारिरिक अशक्तता भएर पनि प्रतियोगीतमा सामेल भएका धादिङ सिरानबजारका बिष्णुबहादुर श्रेष्ठ र ७१ वर्षसम्म पनि ब्याडमिन्टन खेलमा क्रियाशिल जिल्ला ब्याडमिन्टन संघ धादिङका सस्थापक अध्यक्ष विष्णुकुमार श्रेष्ठलाइ विषेश सम्मान गरिएको थियो ।
प्रतियोगिता पुरुष युगल ए बी डिभिजन लिग सिष्टममा खेलाइएको थियो भने बी डिभिजन, भेट्रान्स र पुरुष एकल नकआउट सिष्टममा खेलाइएको थियो ।
प्रतियोगीता समापन गर्दे जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष बद्रीकुमार श्रेष्ठले प्रतियोगीता सफलपार्न सहयोग गर्नुहुने सवैलाइ धन्यवाद ब्यक्त गर्दे आगामी दिनमा पनि यस्ताखाले प्रतियोगीताहरु गरिरहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।