मन्टेश्वरी कक्षा संचालन सिप सिकाउन शिक्षकहरुलाई तालिम

916 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC02567धादिङ -मन्टेश्वरीका बालबालिकाहरुलाई शिक्षकहरुले कसरी पढाउने भन्ने उद्धेश्यले प्याब्सन धादिङले आयोजना गरेको प्ले गु्रप सम्बन्धी १ दिने तालिम आज धादिङबेसीमा सम्पन्न भएको छ ।

त्रिपुरा पुस्तक पसल धादिङबेसी र आठाराई पब्लिकेशसन काठमाण्डौको संयुक्त प्रायोजनमा उक्त तालिमको आयोजना गरिएको हो । तालिममा चाइल्ड डेब्लोमेन्ट एवंम स्मार्ट टेडिङ सेन्टर काठमाण्डौका कोअडिनेटर सानु अमात्या, चाइल्ड डेब्लोमेन्टका स्रोत ब्यक्ति बिनु रानाले मन्टेश्वरीका बालबालिकाहरुलाई कसरी विद्यालय तर्फ आकर्षित गराउने र बालबालिकाहरुलाई विद्यालयमा गर्नु पर्ने ब्यबहारको बारेमा सहजिकरण गर्नु भएको थियो ।

यसै गरी मन्टेश्वरीका बालबालिकाहरुलाई पढाउँदा शिक्षिक शिक्षिकाहरुले कसरी पाठयोजना र पाठ्यपुस्तकको तयार पार्ने भन्ने विविध विषय बस्तुहरुको बारेमा सहभागिहरुलाई प्रष्ट पार्नु भएको थियो । तालिम पश्चात शिक्षिक शिक्षिकाहरुले आ–आफ्नो विद्यालयमा पठन पाठन गरिरहेका मन्टेश्वरीका विद्यार्थीहरुलाई रोमाञ्चक तरीका विद्यालयमा आकर्षित गराउन तर्फ लाग्ने जनाएका छन् । यसै गरी मन्टेश्वरीका बालिबालिकाहरुलाई पठाउने शिक्षि शिक्षिकाहरुको लागि यस्तो तालिम समसम समयमा दिनु पर्ने कार्यबmममा सहभागिहरुले बताएका छन् । मन्टेश्वरी तहबाटै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन सके निमावि तह सम्मको नतिजा राम्रो आउने शिक्षिकहरुको भनाई रहेको छ । तालिममा निजी तथा सामुदायिक विद्यालयका शिक्षिक शिक्षिकाहरुकोे सहभागिता रहेको थियो ।