धादिङको त्रिपुरेश्वरमा सन्चालन भएको स्वास्थ शिविर आज सकिदै

436 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

 sibiraधादिङ– सर्बसाधारणलाई स्वास्थ्यको पहुँच गाउँमै पु¥याउने उद्देश्यले सन्चालन भएको स्वास्थ्य शिविर आज सकिदै छ । बिहीबारदेखी धादिङको त्रिपुरेश्वर गाउँ विकास समितिमा रहेको अचने उमाविको प्राङगणमा जारी स्वास्थ्य शिविरमा १६ सय भन्दा बढीले स्वास्थ्य जाँच गरीसकेका जिल्ला जनस्वास्थ्य कार्यलय धादिङले जनाएको छ । शिविरमा अल्ट्रासाउण्ड, स्त्रीरोग, बालरोग, अन्तरंग सेवा, हाडजोर्नी, छाला तथा नाक कान घाटीको सम्बन्धी सेवा दिईएको छ । शिविरको अन्तिम दिन आज सर्बसाधारणको भिड नै लागेको छ । विरामी हुँदा अस्पताल समेत देख्न नपाउने गाउँका सर्बसाधाणहरु अहिले आफ्नै गाउँमा स्वास्थ्य उपचार गर्न पाएपछि खुसि भएका छन् । शिविरको दोस्रो दिन शुक्रबामा मात्र एक हजार भन्दा बढीले स्वास्थ्य जाँच गराएका छन् । जिल्ला स्वास्थ्य कार्यलय धादिङको आयोजनामा सन्चालन भएको विशिरमा औषधी समेत निशुल्क वितरण गरीएको छ । शिविरमा सल्यानकोट, मार्पाक, कटुञ्जे, त्रिपुेश्वर, गुम्दी लगागयतका विरामीहरुले स्वास्थ्य जाँच गराएका छन् ।