धादिङमा कुन गाविसमा कतिको ज्यान गयो ?

1454 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11182274_973890505983956_3153272474611914109_nधादिङ–हजारौं परिवारको बिच्चली पार्ने गरी आएको महाप्रलयकारी भुकम्पमा परेर अहिले सम्म धादिङ जिल्लाको एक नगरपालिका र गाविसमा गरी विहीवार सांझ सम्म ५९३ जनाको ज्यान गएको छ । भुकम्पमा परेर ज्यानगुमाउनेहरुको संख्या यस प्रकार रहेको छ । क्षेत्र नम्बर १ को लापा–१२,सेर्तुङ–१२,दार्खा–६४,बसेरी–७,गुम्दी–१६,सल्यानटार–२१,त्रिपुरेश्वर–१७,कटुञ्जे–१७,सेमजोङ–११,तिप्लिङ–११,रि–६५,बुढाथुम–१५,फुलखर्क–२३,मुलपानी–१८,आगिञ्चोक–८,सल्यानकोट–९,मार्पाक–१६ जना रहेका छन । त्यसै गरी क्षेत्र नम्बर २ अन्र्तगत नीलकण्ठ नगरपालिका–६,खाल्टे–२४,कल्लेरी–२३,नलाङ–६,कुम्पुर–३८,केवलपुर–१ र गोगनपानी गाविसमा २ जनाको ज्यान गएको छ ।
त्यसै गरी क्षेत्र नम्बर ३ अन्र्तगत जिवनपुर–३४,छत्रेदेउराली–२२,नौविसे–२५,भुमेस्थान–५,बैेरेनी–३,गजुरी–४,जोगिमारा–१,पिडा–१,किराञ्चोक–१,तसर्पु–१ र थांक्रेमा १२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । कतिपय स्थानमा भुकम्पले घर भत्किएर पुरिएका व्यक्तिहरुको अवस्था अझै अज्ञात रहिरहेको छ भने परिवारको सम्पर्कमा नरहेका व्यक्तिहरुको संख्या पनि धेरैनै रहेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट हरेक दिन प्राप्त हुने तथ्याङकलाई हामी प्रस्तुत गर्दै जाने छौं ।