धादिङमा ६ सय ३६ को मृत्यु, गाउंमा अझै राहत पुगेन

1426 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
11175052_10153774196718998_7038900153370928895_nधादिङ,१८ बैशाख – हजारौं परिवारको बिच्चली पार्ने गरी आएको महाप्रलयकारी भुकम्पमा परेर शुक्रवार विहान सम्म धादिङ जिल्लाभर ६ सय ३६ जनाको ज्यान गएको छ । घाईते अवस्थामा रहेका ५ सय ४७ जनालाई उद्धार गरी विभिन्न स्वास्थ्य संस्थामा लगि उपचार गराईएको र सामान्य घाईतेहरुको संख्या ३ हजार भन्दा बढी रहेको छ ।
भुकम्पमा परेर ज्यान गुमाउनेहरुमा क्षेत्र नम्बर १ को लापा–२०,सेर्तुङ–१३,दार्खा–६५, सत्यदेवी– ४१,झार्लाङ–२३,बसेरी–७,गुम्दी–१६,सल्यानटार–२१,त्रिपुरेश्वर–१७,कटुञ्जे–१७,सेमजोङ–११,तिप्लिङ–११,रि–६५,बुढाथुम–१७,फुलखर्क–२५,मुलपानी–१५,आगिञ्चोक–१०,सल्यानकोट–९,मार्पाक–१७,धुंवाकोट–३ जना रहेका छन । त्यसै गरी क्षेत्र नम्बर २ अन्र्तगत नीलकण्ठ नगरपालिका–६,खाल्टे–२४ थप १८ वेपत्ता,कल्लेरी–३१,नलाङ–६,कुम्पुर–३८,केवलपुर–१ र गोगनपानी गाविसमा २ जनाको ज्यान गएको छ ।
त्यसै गरी क्षेत्र नम्बर ३ अन्र्तगत जिवनपुर–३४,छत्रेदेउराली–२२,नौविसे–३०,भुमेस्थान–५,बैरेनी–३,गजुरी–४,जोगिमारा–१,पिडा–१,किराञ्चोक–१,तसर्पु–१ र थांक्रेमा १२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । कतिपय स्थानमा भुकम्पले घर भत्किएर पुरिएका व्यक्तिहरुको अवस्था अझै अज्ञात रहिरहेको छ भने परिवारको सम्पर्कमा नरहेका व्यक्तिहरुको संख्या पनि धेरैनै रहेको छ । हरेक दिन प्राप्त हुने तथ्याङकलाई हामी प्रस्तुत गर्दै जाने छौं ।
भुकम्पमा परेर हराईरहेकाहरुको खोजीका लागि जिल्ला दैवि प्रकोप उद्धार समिति मार्फत नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी, स्थानीय रेडक्रससकमी, राजनैतिक दलका प्रतिनिधिहरुको पहलमा गाउं गाउंमा खोजी अभियान भईरहेको र घाईतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल ल्याउनेक्रम जारी रहेको धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनु भयो ।
भुकम्पपछि घरवार विहिन भएका तथा आफन्तहरु गुमाएकाहरुको सहयोगका लागि सरकारी तथा गैर सरकारी पहलमा राहत सामाग्री संकलन गरी गाउं गाउंमा पठाउनेकार्य भईरहेपनि आवश्यकता अनुसार त्रिपाल नपाउंदा समस्या परेको जिल्ला दैवि प्रकोप उद्धार समितिले जनाएको छ । खाद्यान्नको समस्या रहेका गाउं वस्तिमा गाविस संग समन्वय गरेर पर्याप्त खाद्यान्न पठाउन सकिएपनि घामपानीबाछ बच्ने एक थान त्रिपाल नपाउंदा भुकम्प पिडितहरुको बिच्चली भएकाले आपतका वेला धैर्य नगुमाई सहयोग जुटाईदिन समितिले आग्रह गरेको छ ।
यातायात सुविधा नपुगेका जिल्लाको उत्तरी क्षेत्रका गाविसमा हेलिकप्टर मार्फत र सडक सुविधा भएका स्थानहरुमा मोटर मार्फत खाद्यान्न तथा उपलव्ध भएका त्रिपाल ढुवानीको व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी घिमिरेले वताउनु भएको छ । सहयोगी संस्था तथा व्यक्तिहरुले समितिमा सम्पर्क राखी आंफुले चाहेको सहयोग दिन सक्नेपनि समितिका संयोजक समेत रहनु भएका प्रजिअ घिमिरेले वताउनु भएको छ ।