त्रिपुरेश्वरका भुकम्प पिडितलाई न्युयोर्कमा रहेका नेपालीबाट सहयोग

790 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11182245_10153774198408998_6761944223637121916_nन्यूयोर्क – भुकम्प को महामारी ले देश शोक मा डुबिरहेको अवस्था मा प्रबास मा रहेका धादिङ त्रिपुरेश्वर गाबिस का युबा हरु ले बिदेश बाट क रिब ८ लाख सहयोग गरेका छन । आफ्नो गाउ ठाउ को लागी आफु ले नगरे कस्ले गर्ने  भन्ने मन्यता राख्ने युबा हरु आफ्नो गाउ को लागी जस्तो सुकै त्याग गर्न पनि तैयार छन ।

प्रबास मा बसे पनि देश को माया ले सधै सताइ रहने, आज देश लाई दुख्दा आफु पिडा मा रहेको बताउने युबा समुह्, यो सानो रकम ले केहि हद सम्म भए पनि रहात मिल्ने कुरा न्यूयोर्क लङ आइल्यान्ड निबासी राजन गौली बाताउनु हुन्छ । यो राहत कोष का अभियान कर्ता राजन गौली हुन । राजधानी मा त सबै तिर बाट सहयोग आइरहेको छ तर गाउ – गाउ मा पुग्न सके को छैन । हाम्रो व्यक्तिगत तर्फ बाट केहि भए पनि सहयोग गर्न सके निकै ठुलो रहत हुने कुरा वुड्साइड न्यूयोर्क निबासी ईन्द्र थपलिया बताउनु हुन्छ ।

उक्त रकम  धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामशरण गौतम लाई हस्तान्तरण गरिएको छ ।
दिन प्रतिदिन सहयोगी हात हरु बढ्दै गएको कुरा भर्जिनिया निबासी डा नारायण धरेल बताउनु हुन्छ । आफ्नो क्षेत्र बाट सबै ले यसरि  सहयोग गरे मा छिटै देश ले शान्ति को सास फेर्ने कुरा डा धरेल बताउनु हुन्छ ।

धादिङ का युबा हरु ले जसरि अन्य जिल्ला का साथी भाइ हरु ले यो अभियान बाट केहि सिक्दै अघी बढ्न न्यूयोर्क निबासी लोक प्रिय युबा लेखक राजन थपलिया अनुरोध गर्दछन । मान्छे ले पसु लाई त सहयोग गर्छ भने, मान्छे ले मान्छे लाई आफ्नै दाजु भाइ दिदी बहिनी सम्झेर निर्धक्क सहयोग गर्ने कुरा मा आफु कुनै कुरा बाकी नराख्ने कुरा प्रस्ट पार्नु भयो । फिनल्यान्ड बाट काशी गौली र उमेश गौली साथै बिदेश मा रहेका राज कुमार श्रेस्ठ्, बिमल श्रेस्ठ्, रन्जित गौलि, हरिस चन्द्र गौलि, टक बहादुर रुवालि, जिबन ढउन्या कुमार पराजुलि, बाबुराम ढकाल्, राजेन्द्र ढउन्या आदी को सहयोग रहेको छ ।