धादिङमा भुुकम्पमा परेर मर्नेको संख्या ६ सय ५५ पुग्यो

574 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11127639_10152914049539912_6445725866421396377_nधादिङ–प्रलयकारी महाभुकम्पमा परेर ज्यान गुमाउनेको संख्या धादिङमा ६ सय ५५ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार अहिले सम्म जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लापा गाविसमा २०,तिप्लिङमा ११,सेर्तुङमा १३,रिमा ६५,सत्यदेवीमा४१,झार्लाङमा २३,दार्खामा ६४,बुढाथुममा १७,बसेरीमा ७,फुलखर्कमा २७,गुम्दीमा १७,मुलपानीमा १५,सल्यानटारमा२२ जनाको ज्यान गएको छ । क्षेत्र नम्बर १ कै आगिन्चोकमा १०,त्रिपुरेश्वरमा १६,सल्यानकोटमा १०,कटुञ्जेमा १९,मार्पाकमा १८,सेमजोङमा ११ र धुंवाकोट गाविसमा ३ जना गरी यस क्षेत्रमा ४ सय २९ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले पुष्टि गरेको छ ।
यसै गरी सोही भुकम्पमा परेर ज्यामरुङमा २,नीलकण्ठमा ६,नलाङमा ५,खाल्टेमा २२,कुम्पुरमा ३८,कल्लेरीमा २७, गोगनपानीमा २ र केवलपुरमा १ जना गरी क्षेत्र नम्बर २ मा १ सय ४ जनाको ज्यान गईसकेको छ भने क्षेत्र नम्बर ३ को छत्रेदेउरालीमा ३४,जिवनपुरमा २२,थांक्रेमा १२,नौविसेमा २९,तसर्पुमा २,भुमेस्थानमा ५,बैरेनीमा ३,किराञ्चोकमा १,गजुरीमा ४, पिडामा १ र जोगिमारामा १ गरी १ सय १४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा परेर अन्य जिल्लामा ज्यान गुमाएकाहरुको अभिलेख धादिङमा नआईसकेकाले भुकम्पमा परेर ज्यान गुमाउनेको संख्या अझै बढी हुन सक्ने र केही व्यक्तिको शव अझै भेटिन सक्ने सम्भावना रहेको पनि प्रहरीको भनाई छ ।
जिल्ला भित्र ज्यान गुमाएकाहरुको नाम, ठेगाना खोजी कार्य भईरहेकाले केही दिन भित्र सबैको नाम पहिचान गर्न प्रहरी टोली लागिरहेको वताईएको छ ।
भुकम्पको कारण धादिङमा अहिले सम्म ६ सय २० जना गम्भिर घाईते भएका छन भने अन्य सामान्य घाइतेको संख्या तीन हजार भन्दा बढी रहेको अनुमान गरिएको छ भने घर भत्किएर घरविहीन हुनेहरुको संख्या ५० हजार भन्दा बढी रहेको जिल्ला दैवि प्रकोप उद्धार समितिले जनाएको छ ।