धादिङका ८० प्रतिशत घर ध्वस्त, राहत अझै पुगेन

651 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

3ceda0b91b5524e79ce7fed9f9dd5c57_Lधादिङ–७ सय २  जनाको ज्यान लिनेगरी दश दिन अघिको विनाशकारी महाभूकम्पले धादिङको ग्रामीण वस्ती पुर्ण रुपमा खण्डहरमा परिणत भएको छ। जिल्लाका समग्र घर मध्ये ८० प्रतिशत घर पुर्ण रुपमा ध्वस्त भएका छन्। ढुंगा माटोको जोडाईबाट बनाइएका घर सबै ध्वस्त भएका हुन्।

बारपाक केन्द्र विन्दु बनाएको भूकम्पको तरङ्गले नजिकै रहेको उत्तरी वस्तीका कुनै घर सग्ला छैनन्। सदरमुकाम र राजमार्ग छेउछाउका पक्की घरहरु सग्ला देखिए पनि चर्किएर काम नलाग्ने अवस्थामा पुगेको छ। धादिङमा साँढे ३ लाख बढी जनसंख्या भूकम्पको चपेटामा छन्। ३५ हजार घर पुर्ण क्षति भएको छ भने २० हजार बढी घरमा आंशिक क्षति भएको छ। ०६८ को जनगणना अनुसार ७३ हजार घरधुरी मध्ये ८० प्रतिशत भन्दा माथि कुनै घरमा बसन नमिल्ने जिल्ला समन्व समितिले ठहर गरेको छ।

राजधानीसंग जोडिएको जिल्ला भए पनि धादिङको उत्तरी क्षेत्रमा उद्धार र राहत पुर्‍याउन कठिन परेको छ। सडक सञ्जाल नपुगेको हिमाली क्षेत्रका पाँच गाविससहित उत्तरका गाउँमा हेकिप्टर मार्फत राहत सामाग्री पठाइएको छ। सरकारी राहत आवश्यकता भन्दा निकै कम भएका कारण सबै स्थानमा पुर्‍याउन समस्या परेको छ। केही गाविसमा राहत संकलक संस्था आफैले वितरण गरिरहेका छन् भने धेरैमा अपुग भएको छ।

सरकारी टोली आइपुग्यो राहत आएन
Dhading 01
प्रत्येक निर्वातन क्षेत्रमा एक जना सहसचिव र डिएसपीको कमाण्डमा राहत वितरण तथा क्षति मुल्यांकनका लागि खटाइएको सरकारी टोली धादिङ आइपुगेको छ। क्षेत्र नम्बर १ मा शिव सिंखडा, २ मा नारायण शर्मा र ३ मा दिपक खराल खटिएका छन्। टोलीले आइतबारदेखी अनुगमनका काम सुरु गरेको छ। नेपाल प्रहरीको डिएसपी र सशस्त्र प्रहरीको एसपीको टोलीले प्रभावित क्षेत्रको अनुगमन तथा राहत वितरणमा सहजिकरण गर्ने बताइएको छ। ३ वटा निर्वाचन क्षेत्रमा केन्द्र तोकेर राहत वितरण गर्ने तयारी गरिएको छ।

उत्तरमा सल्यानटार, मध्य धादिङबेसी र दक्षिणमा गजुरी केन्द्र तोकिएको छ। केन्द्र तोकेर सहजिकरण गर्ने भनिएपनि राहत सामाग्री अझै पुग्न सकेको छैन। सरकारी राहत निकै कम भएका कारण सबैलाई पुर्‍याउन नसकिएको प्रमुख जिल्ला अधिकारी बासुवेद घिमिरे बताउँछन्। हामीसंग भएको समानुपातिक रुपमा वितरण गरेका छौं प्रजिअ घिमिरेले भने उत्तरका गाविसबाहेक प्रत्येक गाविसलाई १ सय ५० पाल १ सय ५० को हाराहारीमा चामल, सय कार्टुनको अनुपातमा ड्राई खाजा पठाइएको छ।
Dhading 05
घरधुरी क्षति धेरै तर राहत कम पुग्दा स्थानीयस्तरमा हाहाकार मच्चिएको छ। एउटै वडामा ३/४ सय घर ध्वस्त छन् तर त्रिपाल १० पनि पुग्न सकेको छैन। राहत वितरणमा विभेद भएको गुनासो भुमेस्थानका निर्मल पुरीले गरे। दाताहरु बजार केन्द्रि भए। प्हुँचको आधारमा आएर वितरण गरेका छन् विकट र पहुँच नभएको सथानमा गैरसरकारी संस्था नपुगेको गुनासो पुरीले गरे।

राहत वितरणका लागि धादिङमा १६ वटा संस्थाले अनुमती लिएका छन्। उनीहरुले सिधै प्रभावित क्षेत्रमा पुगेर सहयोग गरिरहेका छन्। धुवाकोट गाविसको पुरै घरधुरीमा इम्प्याक्ट नेपालले सात दिनकालागि खाद्यान्न र पाल वितरण गरेको छ।

पीडित परिवारलाई राज्यको तर्फबाट दिइने राहत नपुगेपछि तत्कालको लागि प्रारम्भिक राहत स्वरुप जिल्लाबाट नगद सहायता दिन सुरु गरिएको छ। घर पुर्ण क्षति भएकालाई पाँच हजार र खानाको लागि दुई हजार आंशिक क्षति भएकालाई तीन हजार र खाना वापत दुई हजार दिन स्थलगत रुपमै टोली खटाइएको प्रजिअ घिमिरेले बताए। मृतक परिवारलाई किरिया खर्च वापत ४० हजार रुपियाँ पनि स्थलगतरुपमै उपलव्ध गराउन सरकारी कर्मचारीलाई अधिकार दिएर गाउँ पठाइएको घिमिरे बताउँछन्।

७ सय २ को ज्यान गयो
Dhading 02
विनाशकारी महाभूकम्पले धादिङमा ७ सय २ जनाको ज्यान गएको छ। एक हजार बढी घाइते भएका छन्। केन्द्रविन्दुको नजिक रहेको बस्ती धादिङको क्षेत्र नम्बर १ सबै भन्दा बढी प्रभावित बनेको छ।
मोटरबाटो नपुगेको उत्तरी क्षेत्रको विकट वस्ती भएका कारण समयमै उद्धार हुन नसक्दा क्षेत्र नम्बर १ मा चार सय ३९ जनाले ज्यान गुमाए। क्षेत्र नम्बर २ मा एक सय सात जनाको ज्यान गएको छ भने क्षेत्र नम्बर ३ मा एक सय ३४ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।

यस मध्य रि ६५ दार्खा ६४, जिवनपुर ५४, सत्यदेवी ४१ कुम्पुर ४० जनाले ज्यान गुमाएका छन्। पुरुष १५६, महिला १७५, बालक ६०, बालिका ५७, नखुलेको २३२ जना मृतकको संख्या उल्लेख छ। तर सबै विवरण भने जिल्लामा संकलन नभईसकेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए।

क्षेत्र नम्बर १ को सबै २० गाविस भूकम्प प्रभावित बनेको छ। सबै गाविसमा मानवीय क्षति भएको छ।अन्य भन्दा कम मानवीय क्षति देखिएको धादिङ क्षेत्र नम्बर २ मा नगरपालिका र सात गाविसमा एक सय दुई जनाको ज्यान गएको छ।पृथ्वी राजमार्ग भएको धादिङ क्षेत्र नम्बर ३ मा मृतक संख्या एक सय १३ पुगेको छ। १४ गाविसमध्ये ११ गाविसमा मानवीय क्षति भएको छ। बेनिघाट, धुषा र महादेवस्थान गाविसमा मानवीय क्षति भएको छैन। घरहरु भने अधिकांश ध्वस्त भएका छन्।

नेता गाउँ गएनन्
Dhading 04
विनाशकारी महाभूकम्पले पीडित बनेका जनता गाउँमा नेता आउने र चाँडो राहत पाउनेमा आशावादी थिए। उनीहरुले भुकम्पको धक्काबाट क्षेति पुग्ने वित्तिकै नेताको खोजी गरे। जनतको आशा र पीडामा मलम लगाउन कुनै पनि राजनीतिक दलका ठुला नेता गाउँ गएका छैनन्। क्षेत्र नम्बर १ का सभासद धनबहादुर घले भन्छन्, ‘अहिले गाउँमा भोकमरीको समस्या छ। पुर्‍याउन केही सकेको छैन। यस्तो अवस्थामा आक्रोशित गाउँलेलाई कसरी भेट्ने? आधा राहत गाउँ पुगेपछि मात्रै जाने विचार गरेको धादिङबेसीमा बसेर समन्वय गरिरहेका छौं।’

चार समानुपातिक सहित सात जना सभासद रहेका धादिङका सबै माननीय जिल्ला सदरमुकाम पुगेर राहत वितरणको अवस्था जानकारी लिने र आफ्नो क्षेत्रमा पठाउन समन्वय गर्ने गरिरहेका छन्। जिल्लास्थित पार्टी प्रमुख पनि जिल्ला केन्द्रित भएर समन्वय गरिरहेका छन्।