उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगिएकी तिप्लिङकी छिमा बेखबर

538 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0059बैशाख – महाभूकम्पबाट घाइते भएपछि हेलिकप्टर मार्फत काठमाण्डौ पु¥याइएकी धादिङ तिप्लिङ गाविस वडा नम्बर १ सिम्पल्याकी ६३ वर्षिय छिमा तामाङ बेखबर हुनुभएको छ ।
हेलिकप्टेरबाट १३ गते साँझ गाउँबाट जिल्ला अस्पताल धादिङमा ल्याइ सामान्य उपचार पछि छिमालाई थप उपचारको लागि हेलिकप्टेरबाट नै काठमाडौँ लगिएको उहाँकी छोरी गर्पु माया तामाङले जानकारी दिनुभएको छ ।
आमालाई हेलिकप्टेरबाट पठाएपछि काठमाडौँ पुगेका आफन्तले छिमालाई आजसम्म फेला पार्न सकेका छैनन् । टाउकोको पछाडिपट्टि भागमा चोट लागेको छिमालाई विमानस्थलबाट चिकित्सकहरुले नै उठाएर लगेको तर कुन अस्पताल लगेको पत्तो छैन । उचाइ होचो, गोह्रो वर्णको, नाक थेप्चो, अस्पष्ट बोली बोल्न नसक्ने छिमाको खोजीका लागि आफन्तहरु काठमाडौँका अस्पताल सबै चाहारिरहेका छन् । घाइते आमाको पत्तो लगाइदिन छिमाकी छोरी गर्पु माया तामाङले आग्रह गर्नुभएको छ । आमाको खबर पत्ता लगाएर आफन्तको मोबाइल नम्बर ९८४१३७२०७३ मा खबर गरिदिन पनि आग्रह गर्नुभएको छ ।
जिल्ला अस्पताल धादिङमा १५५ नम्बर दर्ता रहेको छिमासँगै काठमाण्डौ पु¥याइएका तिप्लिङ–१ सिम्पल्याका ४ वर्षिय सुविन घलेको न्युरो अस्पताल बाँसबारी र ५२ वर्षिय सुब्बा घलेको घाउनी अस्पतालमा उपचार भइरहेको छ । सँगैका अन्य तीन जनालाई फेला पारिएपनि छिमालाई पत्ता लगाउन सकिएको छैन ।