तिप्लिङमा हेलिकप्टरबाट खेतमा फालियो चामलको वोरा

764 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

1468543_1127114630647457_2781824228449657949_nभुकम्प पिडितलाई तत्कालिन खाद्यान्न संकट नपरोस भन्नाका लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रबाट खाद्यान्न लगायतका सहयोग आउनेक्रम बढ्दै गएको छ । धादिङ जिल्लाका भुकम्प पिडितका लागि पनि हरेक दिन जिल्लामा सहयोगका सामाग्रीहरु आईरहेका छन र विभिन्न माध्यमबाट बितरण पनि भईरहेको छ । सदरमुकामबाट हेलिकप्टर तथा अन्य सवारी साधन मार्फत पठाईएका चामल लगायतका खाद्यान्न गाउं सम्म पुगे नपुगेको हेर्ने निकाय नहुंदा बितरणमा निकै हेलचेक्र्याई हुने गरेको पाईएको छ ।
10411915_1127114723980781_718992572670674521_nजिल्लाको अति विकटमा रहेको तिप्लिङ गासिवमा लगिएको चामल हेलिकप्टर भुईमा नरोकि माथिवाटै वोरा फ्यांकिदंदा चामलको वोरा फुटेर माटोभरी भएपनि सरकारी निकायले भने यस तर्फ कुनै चासो नदिएको स्थानीयवासीको गुनासो छ ।
11037084_1127114593980794_1705602617074777889_nहेलिकप्टरबाट भुईमा फालिएको बोरावाट माटोमा मिलेको चामल उठाएर खान तिप्लिङका वासिन्दा वाध्य हुनु परेको पत्रकार महिन्दो वाईबाले आफ्नो फेसबुक पेजमा फोटा सहित लेख्नु भएको छ ।