देशभर भूकम्पको क्षतिको विवरण यस्तो छ

583 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10394639_10153393929198287_8593146716795820605_nकाठमाडौं: उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले भूकम्पबाट देशभर भएको क्षति अनुमान गरेभन्दा धेरै भएको बताएका छन्। शुक्रबार दिउँसो बसेको व्यवस्थापिका संसद्को बैठकलार्इ सम्बोधन गर्दै गृहमन्त्री गौतमले भूकम्पको क्षति भयाबह भएको भन्दै क्षति अझै बढ्न सक्ने उल्लेख गरे।
क्षतिको विवरण गृहमन्त्रालयको तर्फबाट संसद् बैठकमा पेश गर्दै उनले काठमाडौंको जमिन नै सार्ने गरी गएको भूकम्पबाट सरकारले सोचेभन्दा बढी क्षति भएको बताए।
‘जमिन नै परिवर्तन गर्ने गरी आएको भूकम्पको क्षति सरकारले सोचे भन्दा धेरै पाइयो’, उनले भने, अझै पनि उद्धार कार्य जारी छ । मानवीय तथा भौतिक क्षतिको विवरण अझै बढ्ने अवस्था छ।’
भूकम्पबाट देशभर भएको क्षति यस्तो छ
भूकम्पबाट मृत्यु हुनेको संख्या : ७ हजार ८५ जना
भूकम्पबाट घाइते हुनेको संख्याग: १५ हजार ९ सय ४४ जना
घाइते भएर उपचाररत संख्याय: ६ हजार ६६ जना
सरकारी भवन पूर्ण रुपमा क्षति: २ लाख ८९  ९ सय ९४
आंशिक भवन  क्षति: २ लाख ५२  हजार ८ सय ८१  
भूकम्पबाट प्रभावित र संकटग्रस्त घोषणा भएको जिल्ला: १४
  कुन जिल्लारमा कतिको मृत्यु, घाइते र क्षति ?
झापामा १९ जना घाइते
इलाममा ५ जना घाइते, सरकारी भवन ५ वटा पूर्ण रुपमा क्षति
पाँचथरमा ५ जना घाइते, सकारी भवन ९ वटा पूर्ण रुपमा क्षति
ताप्लेजुङमा १ को मृत्यु, ३ जना घाइते, ३ वटा सरकारी भवन क्षतिग्रस्त
मोरङमा २ जनाको मृत्यु, ४५ घाइते, ५३ वटा सरकारी भवनमा पूर्ण रुपमा क्षति
सुनसरीमा ७ जनाको मृत्यु, २५ जना घाइते, १ वटा सरकारी भवनमा क्षति
धनकुटामा २ जना घाइते, ३६ वटा सरकारी  भवनमा क्षति
तेह्रथुममा १ जना घाइते, १ वटा सरकारी भवनमा क्षति
भोजपुरमा २ जनाको मृत्यु, ८ जना घाइते, १३ वटा सरकारी भवन पूर्ण रुपमा क्षतिग्रस्त 
संखुवासभामा ५ जना घाइते , ६७ वटा सरकारी भवन क्षतिग्रस्त
सप्तरीमा १६ जना घाइते, १ वटा सरकारी भवनमा क्षति
सिरहा २४ जना घाइते, १ वटा सरकारी भवनमा क्षति
खोटाङमा ३ जना घाइते, १९ वटा सरकारी भवनमा क्षति
ओखलढुंगामा १९ जनाको मृत्यु, ५३ घाइते, १२ वटा सरकारी भवनमा क्षति
सोलुखुम्बुमा २२ जनाको हिमपहिरोमा परि मृत्यु,८० जना घाइते, २१ वटा सरकारी भवनमा क्षति
काठमाडौंमा १ हजार २ सय १० जनाको मृत्यु
४ हजार ६ सय ३४ जना घाइते
९ हजार ९ सय ९०  भवन पूर्ण रुपले क्षति
भक्तपुरमा ३ सय १४ जनाको मृत्यु
१ हजार ८ सय ८७ जना घाइते
७ हजार सर्वसाधारणको घरमा क्षति
ललितपुरमा १ सय ७४ जनाको मृत्यु, 
१ हजार २ सय २४ जना घाइते
नुवाकोटमा ९ सय ५० को मृत्यु,
१ हजार ३ सय १२ जना घाइते
धादिङ ७ सय २ जनाको मृत्यु 
रसुवामा ४ सय ५९ मृत्यु,
७ सय ५९  जना घाइते 
काभ्रेमा ३ सय १७ जनाको मृत्यु
 २ सय ८० जना घाइते 
सिन्धुपाल्चोकमा ३ हजार ३५ जनाको मृत्यु 
८ सय ५२ जना घाइते 
४४ हजार ३ सय ३ घर पूर्ण रुपमा ध्वस्त
धनुषामा १ जनाको मृत्यु, १९ घाइते
दोलखामा ७५ जनाको मृत्यु, ५ हजार घर फुर्ण रुपमा
महोत्तरीमा ९ वटा घरमा क्षति
रामेछापमा २७ जना मृत्यु, ८७ जना घाइते 
सर्लाहीमा एक जनाको मृत्यु, ५० जना घाइते 
सिन्धुलीमा १० जनाको मृत्यु,
६३ जना घाइते
१८ वटा सरकारी भवन पूर्ण रुपमा क्षति
बारामा ५ जनाको मृत्यु, २९ जना घाइते 
चितवनमा ७ जनाको मृत्यु, ९५ जना घाइते 
मकवानपुरमा ३३ जनाको मृत्यु,,१ सय २७ जना घाइते 
पर्सामा ५ जनाको मृत्यु, ५ जना घाइते 
रौतहटमा एक जनाको मृत्यु, २४ जना घाइते 
बागलुङमा ६ वटा सरकारी भवन पूर्ण क्षति 
मुस्ताङमा एक जना घाइते 
म्याग्दीामा ४ जना घाइते
पर्वतमा ११ जना घाइते, ९ वटा सरकारी भवन क्षति 
गोर्खामा ४ सय १२ जनाको मृत्यु, १ जना ३४ जना घाइते
कास्कीमा २ जना मृत्यु , ३० जना  घाइते
लमजुङमा ५ जनाको मृत्युम, ३१ जना घाइते 
मनाङमा १ जना घाइते, २ वटा सरकारी भवन क्षतिग्रस्त 
स्याङजामा ६ जना घाइते 
तनहुँना एक जनाको मृत्यु, १८ जना घाइते 
अर्घाखाचीमा २ जना घाइते,२ वटा सरकारी भवन पूर्ण 
गुल्मीमा ६ जना घाइते, २१ सरकारी भवन क्षतिग्रस्त 
कपिलवस्तुमा ३ जना घाइते, १ वटा सरकारी भवन
नवलपरासीमा एक जनाको मृत्यु 
पाल्पालमा १५ जना घाइते, १  सय २० वटा सरकारी भवन आंशिक रुपमा क्षति
रुपन्देहीमा ३० जना घाइते 
बाँकेमा ८१ वटा सर्वसाधारणमा घरमा क्षति
बर्दियामा २ जना घाइते 
दैलेखमा सर्वसाधारणका ९ वटा घरमा क्षति
जाजारकोटमा १ वटा घरमा क्षति
सुर्खेतमा ३ वटा घरमा क्षति
जुम्लामा २ सर्वसाधारण घाइते, २ वटा घरमा क्षति
दाङमा ३ जना घाइते, एउटा सरकारी भवन पूर्ण रुपमा क्षति 
प्युठानमा ८ जना घाइते 
रोल्पामा १ जनाको मृत्यु, ५ जना घाइते 
रुकुममा १ जना मृत्यु, १ घाइते 
कालिकोटमा सरकारी भवन १ वटा सरकारी भवन आंशिक रुपमा क्षति
सल्या नमा २ जना घाइते, ३ वटा सरकारी भवनमा पूर्ण क्षति
डोटीमा एउटा  घरमा क्षति 
मुगुमा र हुम्ला, कञ्चनपुरमा, बैतडी, दार्च’ला,कैलाली, अछाम र बझाङमा क्षति भएको छैन्।
 देशका विभन्न ठाउँमा बेपत्ता: ३ सय २३ जना
उद्धार राहतमा मुख्या रुपमा सघाउने: नेपाली सेना, भातीय,अमेकी  
जम्मा उद्धार संख्यार : १ जहार ७ सय ७३ जना
हवाइजहाजबाट : ९ हजार ५ सय ३० जनाको उद्धार
भग्नावशेषबाट जिवितै उद्धार: १६ वजना 
कल सेन्टर संख्याज: २७ हजार २ सय ७० वटा
भूकम्पपीडितलाई पाल/त्रिपाल वितरण: २ लाख ६६ ८१८ संख्याप
चामल वितरण: १ हजार ५ हजार २ सय ३४ विन्टल
चाउचाउ: २ लाख १० हजार ५ सय ६ कार्टुन 
खोजी तथा उद्धारमा
नीजामती कर्मचारी: २२ हजार ५ सय  जना
सेना परिचालन : ६५ जहार १६ जना
नेपाली सेना: २४ हजार ७ सय ७५
शसस्त्र प्रहरी: ९ जहजार पाँच सय  
मित्र राष्ट्र: ३४ वटा
अन्तराष्ट्रिय उद्धार टोली: ८७ समूहका १ हजार ४ सय 
प्रधानमन्त्री राहतकोषबाट ५ अर्ब माग,  २ अर्ब रकम निकासा