दार्खालीको घाउमा घोडेपानीबासीको मल्हम पट्टि

682 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

???????????????????????????????धादिङ, २८ बैशाख ः घार गाविस १ मा पर्ने म्याग्दीको मुख्य पर्यटकीय स्थल घोडेपानीका बासिन्दाहरुले धादिङका भुकम्प पिडितहरुलाई राहत सामाग्री सहयोग गरेका छन् ।
भुकम्पबाट अति प्रभावित धादिङको उत्तरी क्षेत्रको विकटमा रहेको दार्खा गाविस ४ र ५ नम्बर वडाका बासिन्दाहरुलाई घोडेपानीमा रहेका सामुदायीक संस्था र होटल ब्यवसायीहरुले शनिबार १३ लाख ५० हजार रुपैया मूल्य बराबरका विभिन्न राहत सामाग्री वितरण गरेका हुन् । दुई वटा वडाका ३ सय २० घरधुरीलाई एक÷एक बोरा चामलको साथै १८५ थान त्रिपाल, १८५ थान कम्बल, दाल, चिनी, नुन, साबुन, बाल्टीन, मैदा लगायतका १५ किसीमका राहत सामाग्री वितरण गरिएको पुनहिल घोडेपानी होटल ब्यवसायी समितिका उपाध्यक्ष टेकसर बुद्धुजा पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार होटल ब्यवसायी समितिको पाँच लाख, पुनहिल युवा समूहको एक लाख, घोडेपानी आमा समूहके दुई लाख, घोडेपानी सामुदायीक स्वास्थ्य केन्द्रको एक लाख र ४० घरधुरी स्थानीयबासीको चार लाख ५० हजार रुपैया सहयोगमा राहत सामाग्री खरिद गरि वितरण गरिएको हो । समितिका अध्यक्ष डमबहादुर पुनको नेतृत्वमा उपाध्यक्ष टेकसर बुद्धुजा पुन, सचिव भिम पुन लगायतका प्रतिनिधिहरुको टोलीले धादीङ सदरमुकाम देखि ३५ किलोमिटर उत्तर दार्खाबेशीमा पुगेर नेपाली सेना, प्रहरी र स्थानीय अगुवाहरुको उपस्थितीमा राहत वितरण गरेको थियो । पर्यटक गाईड र मजदुरको रुपमा घोडेपानी पुग्ने दार्खाका बासिन्दाहरुको चिनजानको आधारमा उनिहरुलाई परेको विपत्तिमा घोडेपानीका सबै बासिन्दाहरु मिलेर सहयोग गरेको अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।