भुकम्प पिडित ५४ परिवारलाई आवाज अभियानले दियो जस्ता पाता

747 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11210464_10205190881084290_8268304587953412786_n (1)धादिङ–भुकम्पमा परेर घर गुमाएका अति विपन्न परिवारलाई तत्काल वसोवासको व्यवस्था मिलाउन गैर सरकारी संस्थाले गाउं गाउंमा पुगेर जस्तापाता सहयोग उपलव्ध गराउन थालेको छ ।
धादिङ जिल्लामा दर्ता भई काम गर्दै आईरहेको आवाज अभियान नेपालले जेनेभा ग्लोवल अमेरिकाको सहयोगमा अति विपन्न भुकम्प पिडित परिवारलाई तत्कालिन वसोबासको व्यवस्था मिलाउन जस्तापाता सहयोग गरेको हो ।
आवाज अभियान नेपालका अध्यक्ष केशव दुवाडीका अनुसार संस्थाले हाल सम्म मुरलीभञ्ज्याङको दुई घरेमा १९ घर,दलितबस्तिमा २४ घर,सुनौलावजारमा २ घर,साङकोषमा कुमाल ३ घर,मुरलीभञ्ज्याङका कुमाल २ घरका साथै ढोला गाविसका अति विपन्न १७ घरलाई समेत गरी प्रत्येक घरलाई एक एक बण्डल पर्ने गरप् ५४ बण्डल जस्ता उपलव्ध गराईसकेको छ ।
सामान्य आर्थिक अवस्था भएका व्यक्तिहरुको लागि तत्कालिन वसोवास मिलाउन एक वण्डल जस्ताले ठुलो राहत दिने अध्यक्ष दुवाडीको भनाई छ ।

यसैक्रममा आवाज अभियानले जस्ता पाता सहयोग गरेपछि नीलकण्ठ नगरपालिका वडा नम्बर १२ सांकोषका एक कुमालले तत्काल घर निर्माण गरेर उदाहरिण कार्य गरेका छन ।

11219155_10205190880644279_922450891091537660_nनील कण्ठ नगर पालिका १२ साङकोष का सुकाजी कुमालको घर १२ गतेको भूईचालो ले गल्र्याम गुर्लुम्मै ढल्यो, २ छोरी, एक छोरा र श्रीमति सहितको ५ जनाको परिवार विचल्लमी मा पर्यो, दैनिक ज्यालादारी काम गरेर पेटपाल्ने सुकाजीले खानाको जोहो त गर्न सक्थे तर बास कहाँ बस्ने ? हे दैब यो कस्तो आपद, ससाना लाला बालालाई खुला आकास मुनि कति रात राख्ने, पानी हुरी र घामबाट कसरी बचाउने ? एउटा भूईचालोले सबै आपद एकै चोटी घोप्ट्यो । 
निरास भइरहेको बेलामा सुकाजीले स्थानीय सामाजिक कार्यकर्ता दयाराम लम्साललाई दुखेसो पोखे, आवाज अभियान नेपालका कोषाध्यक्ष समेत रहेका लम्सालले केही सहयोग गर्ने बचन दिए र सँस्थामा सम्पर्क गरे सानो सँस्था, बजेट छैन राहतको परियोजना पनि छैन, ठूला ठूला सँस्थाले गाउँका गाउँ जिमालिएर हल्लिखल्लीका साथ राहत बाँडिरहेका छन् ।
11218517_10205190880804283_7973465626106393731_nसुकाजीको माग एउटा त्रिपाल थियो तर लिन पालो पर्खने पर्ने राहतको लाइनमा जानेकि ज्यालादारी गर्न उनी सकसमा परेका थिए ।
आवाजको छलफलले त्रिपाल भन्दा जस्ता दिनु उपयुक्त हुने ठान्यो र सुकाजीलाई केही जस्ता हामी दिन्छौ केही तपाई किनेर टहरो बनाउनुहोस् भन्दा उनी झन खुसी भए ।
हामीले उनलाई जस्ता दियौँ उनले त्यसमा केही थपे र भोलिपल्टै टहरो निर्माण गरे ।
“जे भए पनि बर्खामा पानी पस्दैन होला हजुरहरुलाई धन्यबाद छ सहयोग गर्नु भएकोमा “, सुकाजीकी पत्नी कृष्णमाया कुमाले खुसी हुदै भनिन्