तीन  वडाका सबैलाई निजी खर्चमा राहत

673 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

DSCN0035आगिञ्चोक–प्रलयकारी महाभुकम्पले बस्तिनै सखाप पारेपछि वैदेशिक रोजगारी तथा अन्य कार्यका लागि विदेश पुगेको परिवारका सदस्यहरुले  परिवारलाई मात्रै होइन गाउं वस्तिका लागि राहत जुटाउन थालेका छन ।

धादिङको आगिञ्चोक गाविसमा जन्मिएर हाल अमेरिका बस्दै आईरहेका दिवाकर पाण्डेले चार लाख ७० हजार रुपैया खर्च गरी  गाविसको १ देखि ३ नम्बर वडाका सबै घर परिवारलाई पुग्ने गरी एक एक वोरा, चामल, एक किलोको दरले चिनी, नुन , एक लिटर तेल सहयोग गर्नु भएको स्थानीयले जानकारी दिएका छन ।