बालवालिकालाई मानसिक आघात हुन नदिन बालमैत्रीस्थल

738 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC02785धादिङ, ३१बैशाख – महाभुकम्पको कारण उत्पनन असहज परिस्थितीले उति बेला वालवालिकामा मात्रै होइन, वयष्क र जेष्ठ नागरिक समेत त्रास बढ्दै गईरहेको छ । एक पछि अर्को पराकम्पन बढ्दै जांदा भत्किन बांकी रहेका घर तथा अन्य संरचना ढल्दै गईरहेको छ । आंखै अगाडी देखिएको अकल्पनिय विध्वसंका कारण बालबालिकालाई मानसिक आघात पर्न नदिन धादिङको सदरमुकाम धादिङबेसीमा बालमैत्रीस्थल निर्माण गरिएको छ ।
भुकम्पको त्रासले बालबालिकामा पर्न सक्ने मानसिक असर रोक्न बालमैत्री स्थलको निर्माण गरिएको हो । बैशाख १२ गतेको विनाशकारी भुकम्प पछि बालबालिकामा डराउने, चिच्याउने जस्ता लक्षण देखिन थालेपछि मनोपरामर्श कक्षा र मनोरञ्जन दिन बालमैत्री स्थल बनाइएको हो । भुकम्प पछि बन्द रहेका विद्यालायहरु र बालबालिकाहरुको मानसिक त्रास र डरका कारणले नकारात्मक क्षमताको विकास नहोस भनी बालमैत्री स्थलको निमार्ण गरिएको प्रयास नेपाल धादिङका अध्यक्ष उषा वि.क.ले बताउनु भयो ।
DSC02794यूनिसेफको सहयोगमा निर्माण गरी सञ्चालन गरिएको बालमैत्री स्थल विश्व शिक्षा र प्रयास नेपाल धादिङको साझेदारीमा सञ्चालन गरिएको हो । बालमैत्री स्थलमा अहिले दैनिक १ सय ६५ बालबालिका पुग्ने गरेका छन् । बालबालिकालाई दुई समूहमा विभाजन गरेर कक्षा सञ्चालन गरिएको छ । बालमैत्री स्थलमा पु¥याइएका बालबालिकालाई खेल खेलाउने, मनोरञ्जनात्मक र सिर्जनात्मक काममा लगाउनेदेखि भुकम्पको त्रासमा रहन नदिन मनोपरामर्श समेत दिने गरिएको छ । घरमा रहँदा डराउने बालबच्चा बालमैत्री स्थलमा आएपछि पहिलेजस्तो डराउन छाडेको अभिभावक पूर्णमान सिंखडा बताउनुहुन्छ ।
DSC02791विनासकारी भुकम्प पछि बालबालिकाहरुमा डराउने, चिन्ता लिने, घर भित्र पस्न डरामउने, जस्ता विकृतिलाई न्युनिकरण गर्न बालमैत्री स्थलको निमार्ण गरिएको हो । बालमैत्री स्थलमा जिल्ला सदरमुकाम र वरपर पाल टाँगेर बसेका अभिभावकका पाँच देखि १३ वर्षसम्मका १ सय ६५ बालबालिकाहरु दैनिक आउने जाने गरेका छन् ।