को हुन् ओबामाकी सल्लाहकार सञ्‍चिता?

526 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

अमेरिकी राजनीतिमा सबभन्दा उच्च र शक्तिशाली ओहदा हो राष्ट्रपति। पहिलो अश्वेत राष्ट्रपतिका रूपमा कार्यकालको सुरुमै चर्चामा रहेका बाराक ओबामा आफ्नो कार्यकालमा विभिन्न काम र निर्णयका कारण चर्चित रहे।
Sanjita_pradhan_733055091नेपालमा भूकम्पले पुर्‍याएको विनाशपछि अमेरिकी सरकारका तर्फबाट सहयोग त छँदैछ, राष्ट्रपति ओबामाले प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोन गरी ढाडस दिए। त्यतिमा मात्रै रोकिएनन् राष्ट्रपति ओबामा।
उनले नेपाली मूलकी युवती सञ्जिता प्रधानलाई आफ्नो सल्लाहकार नियुक्त गरी आफ्नो रानीतिक विरासत र नेपालबीच साइनो जोड्ने प्रयास पनि गरेका छन्।
सञ्जितालाई एसिया प्यासिफिक आइसल्यान्डका तर्फबाट राष्ट्रपतिको सल्लाहकार नियुक्त गरिएको हो। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नयाँ सल्लाहकारसँग काम गर्न आफू निकै उत्सुक भएको बताएर ओबामाले सञ्जिताको नियुक्तिलाई थप प्राथमिकता दिए। नेपाली मूलका कुनै पनि व्यक्तिले अमेरिकामा पाएको यो सबभन्दा उच्च तहको पद हो।
करिअरको सुरुआत तथा पृष्ठभूमि कम्प्युटरमा भए पनि सञ्जिता सामाजिक कार्यमा बढी सक्रिय रहँदै आएकी थिइन्। सञ्जिता सन् २०१३ देखि आयोबास्थित एसिया प्यासिफिक आइसल्यान्डर अफेयर्सअन्तर्गत मानवअधिकार प्रमुखका रूपमा कार्यरत थिइन्।
सुनसरीको धरानस्थित जनपथकी सञ्जिता प्रधानले विजयपुर उच्च माविबाट २०४७ सालमा एसएलसी पास गरेकी हुन्। भारतको इन्डिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा समेत अध्ययन गरी अमेरिका पुगेकी उनी अमेरिकामा शरणार्थी व्यवस्थापन तथा सामाजिक काममा पनि सक्रिय थिइन्।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाली मूलकी युवती सञ्जिता प्रधानलाई सल्लाहकार नियुक्त गरी नेपालसँग आफ्नो रानीतिक विरासत एवं शक्तिबीच साइनो जोड्ने प्रयास गरेका छन्। नेपाली मूलका कुनै पनि व्यक्तिले अमेरिकामा पाएको यो सबभन्दा उच्च पद हो। सुनसरीको धरानस्थित जनपथकी सञ्जिता प्रधानले विजयपुर माविबाट २०४७ सालमा एसएलसी पास गरेकी हुन्।
पछिल्लो समय आयोबा राज्यमा बस्दै आएकी सञ्जिता सन् २०१० देखि २०१३ सम्म क्याथोलिक च्यारिटी अफ देष मोनेस, लोवाको रिसेटलमेन्ट प्रमुख थिइन्। त्यसअघि पहिला लोवा रेफ्युजी कर्पोरेटमा ईम्प्लोयमेन्ट कोअर्डिनेटरका रूपमा काम गर्थिन्।
सन् २००७ देखि २००८ सम्म प्रिन्सिपल फाइनान्स ग्रुपको मार्केटिङ कोअर्डिनेटरका रूपमा काम गरेकी उनले एडभाइजरी बोर्ड फर इथिनिक माइनोरिटी बर्मा एड्भोकेसी एन्ड रिसोर्स सेन्टरमा काम गरिसकेकी छन्। (एजेन्सीको सहयोगमा)