अखिलले बनाई सक्यो १८ वटा घर टहरा र २ वटा स्कुल टहरा

639 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी -एक महिने अभियान लिएर धादिङ आएको एमाले निकट  अखिलको स्वयम्सेवक टोलीले १८ वटा घर तथा टहराहरु निर्माण गरेको छ । नेकपा एमालेको निर्णय अनुसार धादिङमा खटिएको अनेरास्ववियूको टोलीले आज सम्ममा जिल्लाको तीनवटै निर्वाचन क्षेत्रका विभिन्न स्थानमा १८ वटा घर तथा टहरा निर्माण गरेको हो ।
अनेरास्ववियूकी केन्द्रिय सचिवालय सदस्य राधिका  खतिवडाको नेतृत्मा २५ जनाको टोलीले काम गरिरहेको छ । ६ जना इन्जिनियरिङ विषय पढिरहेका विद्यार्थीहरुको समेत सहभागितामा काम गरिएको र पहिलो चरणको अभियान जेठ २७ गतेसम्म चल्ने खतिवडाले बताउनुभयो धादिङ पोष्टले खबर लेखेको छ ।

nnnभुकम्पको कारण ध्वस्त बनेको संरचना पुर्न निमार्ण गर्नको लागि धादिङ जिल्लामा अभियान संचलन गरिएको अनेरास्ववियूकी केन्द्रिय सचिवालय सदस्य खतिवडाले बताउनुभयो ।
स्वयमसेवक टोलीले आज सम्म ९ वटा विद्यालय, १ वटा प्राथमिक स्वास्थ्य चौक, र १८ वटा अस्थाई टहरा निर्माण गरेको खतिवडाले जानकारी दिनुभयो ।

धादिङको तीन वटै निर्वाचन क्षेत्रमा स्वयम्सेवक टोलीले काम गरिरहेको अनेरास्ववियू धादिङ अध्यक्ष सन्तोष रानाक्षेत्रीले बताउनुभयो । भग्नावशेष घर टहरा हटाउनुको साथै विद्यालय, स्वास्थ्य चौकी र नागरिकहरुको लागि अस्थाई घर निमार्ण गर्ने उहाँको भनाई थियो ।
नेकपा एमालेले धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा मिनराज कडेँल, २ मा पुर्व शिक्षा मन्त्री नेकपा एमाले पोलिटब्यूरो सदस्य गंगालाल तुलाधर र क्षेत्र नम्बर ३ मा पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेको नेतृत्वमा रहेको टोलीले काम गरिरहेको छ । अभियानमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिति रहेको छ ।

साथमा फोटो फिचर

10156028_847292942007454_459334443140856052_n 11012129_846532762083472_4942082254761053455_n 11020464_846532882083460_8052021068699860993_n 11140747_847292855340796_2486607554158204600_n 11214706_846532795416802_2670626625468055877_n 11329962_986151568062320_143959403193293102_n