भुकम्पबाट प्रभावित विद्यालयलाई सभासद राजेन्द्र पाण्डेले जस्तापाता दिने

497 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10406674_1662562357290215_8893569813582014883_nधादिङ,  – नेकपा एमाले धादिङ क्षेत्र न. ३ का सभासद तथा पूर्व स्थानिय बिकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेले भुकम्पबाट प्रभावित धादिङ क्षेत्र न. ३ को विद्यालयमा क्षतिग्रस्त सम्पुर्ण विद्यालयमा अबको केहि दिन  भित्र जस्तापाता उपलब्ध गराउने बताउनुभएको छ ।धादिङको बैरेनी ९ मा रहेको बागेश्वरी उच्च माध्यमिक विद्यालयमा शुक्रबार भएको शिक्षकहरुको भेलामा उहाँले जस्तापाता उपलब्ध गराउने बताउनुभएको हो ।

‘तपाईहरुलाई चाहिने जस्तापाता सरकार, शिक्षा कार्यालय, जिल्ला विकास समिती, गाउँ विकास समिती जहाँ बाट भएपनि उपलब्ध गराई छाड्छु ।’ उहाँले भन्नुभयो । ‘ तर शिक्षक समाजको अगुवा भएकाले विद्यालय पुर्ननिमार्णको काम आफैँ बाट सुरु गर्नुपर्छ । ’ पुर्व शिक्षक तथा स्थानिय विकास मन्त्री समेत भईसक्नुभएका सभासद पाण्डेले आगामी मँगलबार देखी सम्बन्धित गाविसमा जस्तापाता आउने व्यवस्था मिलाएर त्यस पछि वितरण गर्ने बताउनुभयो । यसैगरी सरकारबाट सडक, खानेपानी, शिक्षा, लगायतमा निर्वाचन क्षेत्रका लागि सँसद विकास कोषबाट निकासा भएको ४१ लाख रुपैँया पनि विद्यालय बनाउनका लागि खर्च गरिने उहाँको भनाई छ ।

शिक्षकहरुको भेला मार्फत विनाशकारी महाभुकम्पबाट विद्यालयमा भएको क्षति तथा आवश्यक जस्तापाताको लागि विवरण सँकलन भएको छ । त्यहि विवरणका आधारमा सम्बन्धित विद्यालयमा जस्तापाता उपलब्ध हुने कार्यक्रममा जानकारी गराईएको छ । शिक्षकहको भेलामा निवार्चन क्षेत्र नम्बर ३ को प्रत्येक विद्यालयमा खानेपानी शुद्धिकरणका लागि फिल्टर पनि वितरण गरिएको छ । क्षेत्र नम्बर ३ मा २०९ वटा सामुदायिक विद्यालयहरु रहेकोमा शुक्रबार एक सय भन्दा बढि विद्यालयलाई फिल्टर वितरण गरिएको छ । बाँकि विद्यालयहरुलाई यहि जेठ २२ गते गजुरीमा एक कार्यक्रम गरेर वितरण गर्न लागिएको छ । सभासद पाण्डेको पहलमा वेब्स फर वाटर नामक सँस्थाले चालिस लाख लिटर पानी शुद्ध गर्न सक्ने फिल्टर उपलब्ध गराएको हो । सँस्थाका पवल राईले शुद्ध खानेपानीका लागि विश्वका १६ देशमा गरिरहेको यो अभियान नेपालका विभीन्न जिल्लामा गरिरहेको बताउनुभयो । प्रति फिल्टर अमेरीकाबाट करिब ५ हजार नेपाली रुपैँमामा खरिद गरेर ल्याएको राईको भनाई छ ।

विद्यालयका लागि पानी शुद्धिकरण गर्ने फिल्टर पाए पछि शिक्षकहरु खुसी भएका छन् । थाक्रे ९ काउलेमा रहको काउले प्राथमिक विद्यालयका प्रधानाध्यापक कृष्ण कुमार हमालले विद्यार्थीहरुले अब दुषित पानी पिउन नपर्ने बताउनुभयो । धादिङमा ५ सय ८७ वटा विद्यालय रहेकोमा आईतबार देखि विद्यालय सञ्चालन गर्ने भनिए पनि ३ सय १८ वटा विद्यालय भने सञ्चालन गर्न नसक्ने अवस्थामा रहेको जनाईएको छ ।