कुम्पुरका भुकम्प पिडितको घाउमा मलहम लगाउंदै विदेशी पर्यटक

1666 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
कुम्पुर ( धादिङ), – जेठको टन्टलापुर घाम चर्किरहेको छ, काम गर्दा गर्दै थकाई लागे नजिकै सितल बस्ने ठाउं समेत छैन । गाउंका सबै घर खण्डहर बनेका छन । गाउँलेहरुको मुहारमा अझै खुसी भरिएको छैन । प्राकृतिक विपत्तिले चौतर्फी हमला बोलेको बस्तिमा पुगेर विदेशी नागरिकहरु असिन पसिन हुंदै काममा जुटेका छन । धादिङको कुम्पर गाविसको वडा नम्बर ४ पिप्लेमा विहानै देखि खटिएका विदेशी स्वयमसेवकहरुले सांझ सम्ममा २४ वटा अस्थायी घर वनाएर गाउंलेलाई बुझाए  ।
DSC_0059बैशाख १२ को महाभुकम्प जानु अघि पिप्ले गाउंमा २४ घर थियो । भुकम्पको धक्काले गाउंका सबै घर भत्किए, हेर्दा हेर्दा खण्डहर वनेको पिप्ले गाउँका वासिन्दालाई अस्थायी वासको व्यवस्था मिलाउन नेपाल घुम्न आएका ३२ जना पर्यटकहरु मिलेर स्वयमसेवा गरिरहेका छन ।
असहाय, अशक्त र विपन्न समुदायको सहयोगका लागि काम गर्दै आईरहेको यस हेल्पिङ ह्याण्डस् पोखरा मार्फत कुम्पुर गाविसका भूकम्प पीडितहरुको लागि असिन पसिन हुँदै काम गरिरहेका विदेशीहरु कुनै परियोजना मार्फत यहां आएका भने होइनन । एक एक जनावाट संकलन गरेको रकमले जस्तापाता , किलाकांटा,र पाईप खरिद गरेर गाउंलेहरुलाई अस्थायी घर वनाईदिन उनिहरु आफै काममा जुटेका हुन । नेपाल घुम्न आएको वेला नेपालीहरुले भोग्नु परेको पिडा देखेपछि केही सहयोग गर्न सकिन्छ कि भनेर स्वयमसेवी अभियान संचालन गरि गाउंवासीको अस्थायीवासको प्रवन्ध गर्न आंफुहरु भुकम्प पिडितहरुको वस्तिमा आएको अमेरिकाबाट नेपाल घुम्न आएका पर्यटक ९ ख्लअभि त्चयखभभिलन ःबतत ) भेन्कल ट्रोभेलेङ म्याटले वताउनु भयो ।
DSC_0003विभिन्न विकसित मुलुकका पाहुनाहरु मिलेर एक सातामा कुम्पुर गाविसको चेपाङ र घले समुदायको बसोबास रहेको स्याँखुटार, आँपटार, कोदार, कामराङ र पिप्लेमा गरी १ सय ६८ वटा अस्थायी आवासहरु बनाइसकेका छन । विदेशीहरुको मेहनत देखेपछि गाउंलेहरु पनि उनिहरुको साथ लागेर काम गरिरहेका छन । विदेशी पाहुनाको साथमा स्थानीयहरु समेत गरी एक सय जना भन्दा धेरै जना हातमा हात काँधमा काँध मिलाउँदै काममा जुटिरहेका छन् ।
कुम्पुर गाविसको अधिकांश घर भत्किएका छन् । डेढ महिना देखि स्थानीय बारीमा पाटामा त्रिपालमुनि बसिरहेका छन् । गाउंवासीलाई सहयोग गर्न आएका विदेशी पाहुनाहरु पनि स्थानीयसँगै बारीका पाटामा त्रिपालको अस्थायी टहरा बनाएर बस्ने गरेका छन । भुकम्पले भएको घर गोठ भत्काईदिए पछि डेढ महिना सम्म वारीको पाटोमा त्रिपाल मुनि बस्नु परेको थियो । हावाहुरी र पानी पर्दा त्रिपालको वास निकै कष्टकर वनेकोमा अस्थायी घर वनेपछि अब अर्को घर वनाउन नसक्दा सम्म ढुक्क भएको स्थानीय सन्तवहादुर घलेले बताउनु भयो ।
हातमा हम्मर र किला कांटा बोकेका विदेशीहरुको साथमा स्थानीयले पनि सहयोग गरेकाले कुम्पुर गाविसमा ४ सय ७५ वटा घर वनाउन सहयोग जुटाउन सकिएको हेल्पिङ ह्याण्ड्सका संस्थापक सदस्य दिनेशकुमार थापाले वताउनु भयो । थापाका अनुसार एउटा अस्थायी घर तयार पार्न १४ हजार रुपैयां खर्च लाग्ने गरेको छ ।
DSC_0048पोखरामा केन्द्रिय कार्यालय रहेको यस हेल्पिङ ह्याण्ड्स संस्थाका सदस्यहरुले पोखरामा आउने पर्यटकलाई भेटेर गाउंवस्तिको वारेमा जानकारी गराएपछि विदेशीहरुले सकेको सहयोग दिनुका साथै स्वयमसेवी अभियानमा सहभागि हुने प्रतिवद्धता जनाउने गरेको थापाले जानकारी दिनु भयो । अभियानका क्रममा एउटा गाउंमा घर वनाईसकेपछि त्यहांका वासिन्दाले अनिवार्य रुपमा अर्को गाउंमा गएर घर वनाउन सहयोग गर्नुपर्ने शर्त वमोजिम विदेशीहरुको साथमा गाउंलेहरु पनि कामा जुट्ने गरेको कुम्पुर २ कामराङका महेन्द्र घलेले वताउनु भयो । घले लगायतका स्थानीय वासिले विहीवार पिप्लेमा घर वनाउन सहयोग गरेका थिए ।
DSC_0101नेपाल घुम्न आएका अमेरिका, बेलायत, अस्ट्रेलिया, फ्रान्स, स्विटजरल्याण्ड,क्यानडा, जर्मनी लगायतका देशका नागरिकहरुले भूकम्पमा क्षति भएका घरहरुको पुर्न निर्माणका लागि सहयोग जुटाएका हुन । ‘पर्यटकको रुपमा नेपाल घुम्न आएको भएपनि बैशाख १२ को महाभुकम्पले नेपालीहरुलाई पु¥याएको क्षतिले आंफुलाई निकै दुःिखत वनाएकाले दुःखका वेला सकेको सहयोग गर्न कुम्पुर गाविसको गाउं सम्म आएको स्विस नागरिक जस केईचहेन्बच ( वयक पभष्अजभलदबअज ) बताउनु भयो । हिमालको काखमा रहेको सुन्दर देश नेपालमा परेको विपत्तिले नेपाल र नेपालीहरुलाई चिन्ने सवैको मन दुखेको जसको भनाई थियो ।