मस्र्याङछापका ७५ परिवारलाई जस्तापाता

946 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0149धादिङ,२२ जेठ – महाभुकम्पले तहस नहस पारेको डेढ महिना वितिसक्दा पनि अस्थायी घर वनाउन नसकेका विपन्न परिवारलाई राहत स्वरुप एक एक बण्डल जस्तापाता उपलव्ध गराईएको छ ।
फाउण्डेशन दियो नेपाल र पिओर नेपाल ट्रेकिङ एण्ड एक्सपिडिशनको सहकार्यमा धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ मस्र्याङछाप र डम्बरडांडाका ७५ घर परिवारलाई तत्काल अस्थाई बसोबासका लागि एक–एक बण्डल जस्तापाता राहत उपलब्ध गराईएको हो ।
DSC_0188भुकम्पले घर भत्किएका गाउंवासीको सहयोगका लागि प्रति घर एक–एक बण्डल जस्तापाताको साथै लामखुट्टेको टोकाईबाट बचाउन प्रत्येक घरलाई एक एक वटा झुल समेत वितरण गरिएको छ । डम्बरडांडालाई होमस्टेका रुपमा विकास गर्न अभियानमुलक कार्यहरु संचालन गर्दै आईरहनु भएका पर्यटन व्यवसायी शिवहरी सापकोटाको समन्वयमा शुक्रवार गाउंमै पुगेर गाउंवसीलाई जस्तापाता र झुल बितरण गरिएको थियो ।
दुःख गरेर बनाएको घर भुइचालोले एकै झट्कामा ढालिदिएपछि डेढ महिना देखि सपरिवार त्रिपाल मुनी वस्दै आएकोमा अब जस्ताको छानो राखेर कटेरो बनाई बासको व्यवस्था मिलाउने स्थानीय साने विकले बताउनु भयो ।
फाउण्डेशन दियो नेपाल र पिओर नेपाल ट्रेकिङ एण्ड एक्सपिडिशनका संस्थापक समेत रहनु भएका पर्यटन व्यवसायी सापकोटाका अनुसार स्थानीयहरुसंग समन्वय गरी निक्कै कमजोर अवस्था भएकाहरुको विवरण संकलन गरि त्यसैको आधारमा गाउंमै पुगेर जस्तापाता बितरण गरिएको पर्यटन व्यवसायी सापकोटाले जानकारी दिनु भयो । मस्र्याङछाप र डम्बरडाँडामा जस्तै नीलकण्ठ नगरपालिका वडा नम्बर १२ आंपस्वारा र आसपासका ८५ घर घरलाई पनि एक एक वण्डल जस्तापाता र झुल उपलब्ध गराइएको छ ।