भुकम्पमा परि मृत्यु भएकाको सम्झनामा मोन्लम पुजा

863 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

monlom
धादिङ बिनाशकारी महाभुकम्पका परि मृत्युभएकाहरुको सम्झानामा धादिङ सहित देशभरका विभिन्न  गुम्बामा मोन्लम पुजा गरिएको छ । भुकम्पको कारण मृत्यू भएका मानिस तथा प्राणीहरुको दिवंगत आत्माको चीरशान्तिको कामना र घाइतेहरूको शीघ्रस्वास्थ्यलाभको कामना गरी मोन्लम पुजा गरिएको आयोजकले जनाएको छ ।  कान्यिङ शेडुपलिङ गोन्पा बौद्ध काठमाण्डौ, थेक्पो थेम्पो गुम्बा नीलकण्ठ, रहाङ्जयूङ तेम्वा बौद्ध गुम्बा दार्खा, साम्तेन छ्योइलिङ गुम्बा तिप्लिङ, दोर्जे गुम्बा लापा, दज्र्यू छ्यौइलिङ गुम्बा लगायतका स्थानमा आज पुजा गरिएको हो । सो अवसरमा भुकम्पमा परी घाईते भएकाहरुको सिघ्रस्वास्थ्य लाभको कामना समेत गरिएको थियो ।  स्हाङ्च्यो म्होन्लाम म्हारमेम्होन्लाम, ङहोछार साङ्गे र सुर भाली पुजा पाठका साथै अन्तिप दीप प्रज्वलन गरिएको तामाङ बौद्ध महासंघ जिल्ला शाखा धादिङका महासचिव दिनेशकुमार तामाङले बताउनुभयो ।