चेपाङ्ग बस्तीमा कलाकारका साथ सभासद एकनाथ ढकाल 

828 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिंग -नेपाल परिवार दलका अध्यक्ष तथा सभासद एकनाथ ढकालले चेपाङ्ग समुदायले नेपालमा ठुलो तपस्या गरेको बताउनु भएको  छ । धादिंगको धुषा गा. बि. स. माअबस्थित चेपाङ्ग बस्तीमा राहत वितरण गर्न पुगेका ढकालले २१ औं  सताब्दीमा पनि नेपालका चेपाङ्ग जाति जस्ता लोपोन्मुख समुदायले १७ औं सताब्दीकोजीवन यापन गर्न बाध्य भयका र काठमाडौँले अझ सम्म पनि पछाडी पारियाका समुदायको दुख बुझ्न नसकेकोले देशमा गणतन्त्र स्थापना भय पनि  परिबर्तनकोअनुभूति गाउँमा हुन नसकेको बताउनु भयो । पूर्व मन्त्रि समेत रहेका ढकालले भन्नु भयो ” भिरमा बस्ने, कन्दमुल खाने, दिलोज्यान लाएर खेति गर्ने तर भोक भोकैबाच्न बाध्य हुने, उपचार नपायर मर्नु पर्ने, यो कठिन तपस्या नभय के हो ? ” अब चेपाङ्गहरुको सुखको दिन ल्याउनु पर्ने  भन्दै अध्यक्ष ढकालले कठिन तपस्यागर्ने पालो देशका नेताहरुको हो भन्नु भयो ।  ढकालले देशका लोपोन्मुख समुदायलाई अग्राधिकार सहित गाँस, बाँस र कपास को साथै शिक्षा, स्वास्थ्य र रोजगारकोग्यारेन्टी गर्न सरकार संग माग पनि गर्नु भयो  ।

IMG_9969-1024x683भूकम्प पिडित १५६  परिवारलाई राहत लियर राष्ट्रिय कलाकारहरु आनन्द कार्की र इन्दिरा जोशी साथै चिकित्सक लगायतको साथ चेपाङ्ग बस्तीमा पुग्नु भयकाढकालले स्थानीय बासी संग अन्तरक्रिया गर्नुका साथै एम्बुलेन्स उपलब्ध गर्न पहल गर्ने प्रतिबद्धता पनि ब्यक्त गरि २० हजार सहयोग गर्नु भयो  ।  चिकित्सक डा.सुबाश झा ले बिरामी चेपाङ्गहरुको स्वास्थ्य परिक्षण गर्नु भयो भने कलाकार आनन्द कार्की र इन्दिरा जोशीले गित गायर उपस्थित चेपाङ्गहरुलाई छमछम नाचेका थिए ।

कार्यक्रममा बिश्वो शान्ति युवा  संघ नेपालका अध्यक्ष प्रकाश बाबु थापा ले युबाहरुलाई पुनर्निर्माण र नब-निर्माणमा योगदान गर्न उच्च नैतिक मूल्यमान्यताका साथमैदानमा राष्ट्रिय झन्डा बोकेर उत्रन आग्रह गर्नु भयो ।  कार्यक्रमको संयोजन बिश्वो शान्ति तथा एकीकृत  परिवार संघ नेपाल, पोखरा शाखा  र नेपाल रेडक्रससोसाईटीले गरेको थियो । स्थानीय रेडक्रसका अध्यक्ष जीवन घिमिरेको अध्यक्षमा सम्पन्न समारोहमा चेपाङ्ग अगुवाहरुले अध्यक्ष ढकाललाई आफ्ना समस्याहरुसम्बोधन गर्न पहल गरिदिन आग्रह गरेका थिय ।बिश्वो शान्ति तथा एकीकृत परिवार संघ नेपालका केन्द्रिय अध्यक्ष सन्तोष कुमार पौडेलले भूकम्पबाट अतिप्रभावित १९ जिल्लाहरुमा आफ्ना स्वयम सेबक हरुले राहत वितरण तथा अस्थायी बासस्थानको ब्यबस्थामा सहयोग गरेको जानकारी दिनुभयो  । विनासकारी भुकम्प पश्चात राहत वितरण तथा पुनर्निर्माणको कार्यमा सभासद ढकालले अधिकाम्स प्रभावित जिल्लाहरु पुगिसकेका छन ।