उत्तरी धादिङका ४५ सय विद्यार्थीको पढाई प्रभावित,

702 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

studentधादिङ–जेठ २५, बैशाख १७ गतेबाट जिल्लाका विद्यालय खुले पनि अधिकांस विद्यालय अझै सन्चालनमा आउन सकेका छैनन् । बैशाख १२ गतेको महाभुकम्पले ध्वस्त बनाएको विद्यालयको पुनःनिमार्ण नहँुदा पढाई सन्चालन गर्न नसकीएको हो । जिल्लाको केहि विद्यालयले पढनपाढन सन्चालन गरेपनि उत्तरी धादिङका विद्यालयहरु अझै पनि सन्चालनमा आउन सकेको छैन । विद्यालय खुलेपनि किताव नहुँदा पढाई झनै अन्यौलमा परेको हो । यसैगरि भुकम्प पछि उत्तरी धादिङका ४ सय भन्दा बढि बालबालिलकाहरुको दैनिकी स्थानिय खर्कमा खेलेरै वित्न थालेको छ । विनासकारी भुकबम्पबाट विस्तापीत भई गाँउ छाडेर री गाविसको लङचेत जंगलमा बस्दै आएका बालवालीकाहरुलाई नजिकमा विद्यालय नहुदा पढाईमा थप समस्या भएको छ । उत्तरी धादिङको विकट रि गाँउ विकास समितीको रि गाँउ, ताजिम्राङ्ग, रिचेत किचेत लगायतका स्थानका बालवालीकाहरु जंगलको बास भएपछि अहिले विद्यालय विहिन जस्तै बनेका छन् । विद्यालय उमेरका करिव चार सय बालवालीकाहरु अहिले जंगलमा नै छन्, उनिहरु न त पहिले विद्यालय भएको ठाँउमा जान सक्छन् न त अहिले बसेको ठाँउमा विद्यालय नै छ । भुकम्पका कारण विस्थापीत उत्तरी धादिङको पाँच गाँउ विकास समितीमा रहेका करिव ५४ सय विद्यार्थीहरुको पढाईमा प्रभावीत भएको छ ।