गर्मीले जनजिवन प्रभावित

688 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

garmiधादिङ–जेठ, २५ केही दिनयता बढेको अत्यधिक गर्र्मीको कारण धादिङबेसीको जनजिवन प्रभावित बनेको छ । भुकम्पबाट पिडित बनेका नागरिकहरु गर्मिको कारण झनै समस्यामा परेका छन् । गर्गिको कारण दिउँसो धादिङबेसी बजारमा चहल पहल समेत घटेको छ । साथै जिल्लाको  मलेखु, आदघाट, गल्छि, महादेवेसी र धार्के बजारमा समेत दिउँसो चहलपहल घटेको छ । गर्मिको कारण सबैभन्दा बढी असर बालबच्चा र बृद्धबृद्धामा परेको छ । दिउँसो पंखा चलाएर बस्न पनि सकिएन अब के गर्ने होला धादिङबेसीमा भेटिनु भएका गोपाल मगरले बताउनु भयो । विगतकेहि हप्तादेखी धादिङबेसी बजार क्षेत्रमा एक्कासी गर्मि बढेको छ । गर्मि समयमा विभिन्न रोगले आक्रमण गर्ने हुदा सजग रहन चिकित्सले सुझाव दिएका छन् । विषेशगरि खानपान र व्यक्तिगत सरसफाईमा ध्यान दिन समेत आग्रह गरेको छन् । पर्याप्त शुद्धपानी पिउन समेत चिकित्सकहरुले नागरिहरुलाई सुझाएका छन् ।