एडभेन्चर स्पोर्टस नेपाल द्वारा भूकम्प पीडितको सहयोगार्थ विभिन्न देशमा अर्थ संकलन अभियान

886 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


unnamed-45
काठमाडौं,-एडभेन्चर स्पोर्टस नेपालले भूकम्प पीडितको सहयोगार्थ विभिन्न देशमा अर्थ संकलन अभियान चलाएको छ ।

रन टु रिबिल्ड नेपाल( नेपालपुनःनिर्माणका लागि दौड­) नाम दिइएको अभियानअन्तर्गत ९ वटा देशमा उपकारी दौड सम्पन्न भइसकेका छन् भने ५ देखी १० वटा देशमा दौड हुने तयारी भइरहेको जानकारी एडभेन्चर स्पोर्टसले गराएको छ ।unnamed (10)

नौ देशमा सम्पन्न भइसकेको दौड शृंखला अन्तर्गत काठमाण्डौमा पनि आयोजना गरिने भएको छ । यस प्रतियोगिताबाट उठेको रकम प्रण नेपाल सँगको सहकार्यमा  भूकम्प पीडितको सहयोगका लागि गरिने भएको छ । एडभेन्चर स्पोर्टसले एक प्रेस बिज्ञप्ती निकालेर भनेको छ- खासगरी खुम्बु क्षेत्र र अन्यत्रका विद्यालय पूनःनिर्माणमा हाम्रो अभियान समर्पित हुनेछ ।unnamed (9)

अहिले सम्म छिमेकी देश भारतसँगै जापान, बेल्जियम, अमेरिका , इजरायल, जर्मनी , बेलायत , फ्रान्स र अमेरीकामा पूर्ननिर्माणका लागि दौड सम्पन्न भइसकेको छ।unnamed (8)

हालसम्मको अभियानबाट ३ हजार डलर रकमजम्मा भइसकेको छ । यसैगरी भारतको रनिड एन्ड लिभिड कम्पनीले गुर गाउँमा २४ मे मा गरेको दौडमा २ सय ५० शौखिन धावकले २१ किलोमिटरको दुरी तय गरेका थिए । भारतको नयाँदिल्ली स्थित गुर गाउँको दौड जनचेतना जगाउने उदेश्यका साथ गरिएको थियो । गुरगाउँ अर्बालीहिल्स नामक प्रतियोगिता गर्दा आयोजकले भारतका १० हजार धावकलाई पत्रमार्फत भूकम्प र त्यसबाट नेपालमा पुगेको क्षतिबारे जानकारी गराएको थियो र नेपाललाई सहयोग गर्न आह्वान गरेको थियो ।unnamed (5)

यसैगरी जापानको ताकासीओकाडाले मे ३० मा दौड गरेका थिए भने बेल्जियन धावक पलान्सिस क्रिस्टेनले चीनको ग्रेट वाल म्याराथनमा नेपालका लागि दौडिएका थिए । त्यसबाट क्रिस्टेनले ७ सय ५ युरो जम्मा गरेका छन् । इजरालयको तेल अभिभ रनिड क्लबले मे ३० मै ८ देखि १० किलोमिटरको जनचेतना मुलक दौड गरेको थियो ।unnamed (6)

आगामी दिनमा सिंगापुर, चीन, अस्टिया, अस्टेलिया, , नर्वे लगायतका देशहरुमा पूर्ननिर्माणका लागि दौड हुने पक्का भइसकेको छ । यसैगरी अन्य थुप्रै देशबाट पनि नेपालसँग भावनात्मक सम्बन्ध भएका धावकहरुले यस्तो उपकारी दौड गर्ने चाहना राखिरहेका छन् ।unnamed (7)

भूकम्प पिडीतका लागी यो अभियान मुलतः पर्यटकीय स्थल खुम्बु क्षेत्रमा सहयोग संकलनका लागि थालनी भएको थियो । समय क्रमले यो अभियानको दायरा फराकिलो हुँदै जाँदा भूकम्प प्रभावित अन्य जिल्लामा पठन पाठनबाट बञ्चित भएका बालबालिकाको सहयोगका लागि सञ्चालित गरिने बिज्ञप्तीमा उल्लेख छ ।unnamed

एड्भेन्चर स्पोर्टस नेपालका  शिखर पाँडेले भने-यसका लागि शिक्षाका क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्थाएवं स्थानीय सँग सहकार्य भूकम्पका कारण दैनिक पठन पाठनबाट विमूख भएका वालवालिकाको सुखद भविश्य हाम्रो चासो हो ।रन टु रिबिल्ड नेपाल (नेपालको पूर्ननिर्माणका लागि दौड)यहीचासोमा हाम्रो सानो प्रयास हो । यसमा सबैबाट सहयोग हुने आशा गरेका छौं ।**