गर्भवति तथा सुत्केरीलाई आधारभुत सरसफाइ तथा स्वच्छता सामग्री वितरण

518 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11390191_1434459343530152_7834389098061277998_nचैनपुर -धादिङ जिल्लाको चैनपुर गाउँविकास समितिका २ सय ५७ जना गर्भवति तथा सुत्केरी महिलालाई आधारभुत सरसफाइ तथा स्वच्छता सामग्री विरतण गरिएको छ । जिल्ला दैविप्रकोप उद्दार समिति धादिङको आयोजना र शान्ति नेपाल र मेडिकल ट्रिटमेन्ट इन्रनेशनलको सहयोगमा आधारभुत सरसफाइ तथा स्वच्छता सामग्री वितरण गरिएको हो । सालवास स्वास्थ्यचौकीमा भएको स्वच्छता सामग्री वितरण कार्यक्रममा वास क्लष्टर धादिङका टिम प्रमुख तथा युनिसेफ धादिङका प्रतिनिधि बोधनारायाण श्रेष्ठले सहभागिहरुलाई स्वास्थ्यतथा सरसफाई सम्वन्धि व्यवहारिक ज्ञानका विषयमा सहजिकरण गर्नुभएको थियो ।
समुदायको स्वास्थ्य र सरसफाईको अवस्थालाई सुधार गर्ने उद्देश्यले आयोजनागरिएको स्वच्छता सामग्रीवितरण कार्यक्रममा सहभागिहरुलाई हातधुने समय र तरिका, शौचालयप्रयोग र खानेपानी शुद्दिकरणका विषयमाजानकारी गराईएको थियो । कार्यक्रममा मेडिकल ट्रिटमेन्ट इन्टरनेशनलका कन्ट्रि डाइरेक्टर मिके, शान्ति नेपालका सामुदायिक स्वास्थ्य अधिकृत इन्द्रमान शाक्य, सालवास स्वाथ्यचौकीका प्रमुख भरत गुरुङ, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसै गरी चैनपुर गाउँविकास समिति र शान्ति नेपालको साझेदारीमा स्वास्थ्यतथा सरसफाई कार्यक्रम सञ्चालनगर्ने निर्णय भएअनुसार पुनः सास्थ्यतथा सरसफाई सम्वन्धि सचेतानाकार्यक्रम सञ्चालनगर्ने निर्णय भएको छ । यसै गरी मेडिकल ट्रिटमेन्ट इन्टरनेशनल र शान्ति नेपालको सहयोगमाचैनपुर गाउँविकास समितिको १ हजार ७ सय ८५ घरधुरीमा सरसफाई स्वच्छता सामग्रीवितरण गर्ने येजना रहेको शान्ति नेपालको सामुदायिक स्वास्थ्यअधिकृत इन्द्रमानशाक्यले वताउनुभयो । यसै गरी ढोलागाउँविकास समितिमापनि ९२ जना गर्भवति तथा सुत्केरी महिलाहरुलाई आधारभुत सरसफाई तथा स्वच्छता सामग्रीवितरण गरिएको छ । ढोला स्वास्थ्यचौकीमा आयोजना गरिएको कार्यक्रमम शान्ति नेपालका सामुदायिक स्वास्थ्य अधिकृत इन्द्रमान शाक्य र सामुदाियक स्वास्थ्य सहजकर्ता दुर्गानारायण श्रेष्ठले सहजिकरण गर्नुभएको थियो ।