फेसबुकमा यौनजन्य सामाग्री पोस्ट भएर हैरान हुनुहुन्छ ? यसरि गर्नुहोस् समाधान:

736 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 Captureके तपाईंको फेसबुकमा आफैं अनाबश्यक पोर्न सामाग्रीहरु पोस्ट भईरहेका छन् ? छन् भने अवश्य पनि यसले तपाईंलाई अनाबश्यक तनाव त पक्कै दिएको होला । पछिल्लो समय फेसबुकमा अनाबश्यक यौनजन्य सामाग्री पोस्ट भएर धेरै फेसबुक प्रयोगकर्ताहरु हैरान भईरहेका छन्। फेसबुकलाई अमर्यादित बनाउन सक्रिय भएका ह्याकरहरुले यस्तो गरिरहेका छन् । तर चिन्ता नगर्नुहोस् यो समस्याको समाधान पनि गाह्रो छैन ।
यस्तो कसरि हुन्छ ? : तपाईंका साथीहरुको एकाउन्टबाट आएको भाइरसयुक्त लिंकलाई तपाईंले क्लिक गरेको खण्डमा यस्तो समस्या आउँछ। एक पटक तपाईंले उक्त लिंकलाई क्लिक गर्नुभयो भने पुन : तपाईंका साथीहरुलाई पनि उक्त मेसेज जान्छ र तपाईंको एकाउन्टमा पनि पोर्न सामाग्रीहरु प्रकाशित हुन्छन् ।
समाधान कसरि गर्ने ? : तपाईंको फेसबुक एकाउन्टमा पनि यस्तो समस्या आएको छ भने सुरुमा तपाइंको फेसबुक एकाउन्टमा ‘ईन्स्टल’ भएका एपहरुलाई ‘अनस्टल’ गर्नुहोस् । त्यसपछी तपाइंको फेसबुकको पास्वर्ड परिवर्तन गर्नुहोस् । पास्वर्ड परिवर्तन गरी केहि समयका लागि फेसबुकलाई ‘डीएक्टीभेट’ गर्नुहोस् र पुन: ‘एक्टिभेट’ गरी पुन : पास्वर्ड परिवर्तन गर्नुहोस् । तपाईंको समस्या समाधान हुनेछ । त्यसपछि आवश्यक एप हरुलाई आबश्यकता अनुसार पुन: इन्स्टल गरेर प्रयोग गर्नुहोस् ।