घर पुग्नै लाग्दा बसको ठक्करबाट बच्चुरामको मृत्यु

843 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Dhading busघर पुग्नै लाग्दा बसको ठक्करबाट बच्चुरामको मृत्यु धादिङ , २७ जेठ – भारतबाट घर आउंदै गरेको एक दम्पति घर नजिकै आधा घण्टाको दुरीमा आएपछि दुर्घटना परेपछि परिवार शोकमा डुवेको छ । बुधवार विहान ८ वजे तिर धादिङको नौविसे स्थित आंधिखोला होटल अगाडि मा बसको ठक्करबाट एक बृद्धको ज्यान गएपछि नौविसे गाविसको वडा नम्बर ६ भडारीटोल शोकमा डुबेको हो ।
नौविसे गाविस वडा नम्बर ६ घर भएका ६२ बर्षिय बच्चुराम भण्डारीलाई बसले ठक्कर दिंदा घाईते भएपछि उपचारका लागि काठमाण्डौं लैजांदै गर्दा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय खानीखोला धादिङले जनाएको छ ।
विरामी परेर उपचारका लागि भारत गएका भण्डारी श्रीमती सहित घर फर्कदै गर्दा घरभन्दा आधाघण्टा नजिकको दुरीमा आएपछि दुर्घटनामा परेका हुन । भण्डारी चढेर आएको महेन्द्रनगरबाट काठमाण्डौंका लागि चल्ने रात्रीवस बुधवार विहान ८ वजे तिर नौविसेको आंधिखोला होटल अघि रोकेको थियो । आंफु चढेको बस रोकिएपछि सडक छेउ तर्फ निस्कन लाग्दा काठमाण्डौंबाट धादिङबेसी आउंदै गरेको बा ३ ख १६६० नम्बरको वसले भण्डारीलाई ठक्कर दिएर घाईते वनाएकोमा तत्काल उपचारका लागि काठमाण्डौं पठाईएकोमा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
भण्डारीलाई ठक्कर दिने वस नियन्त्रणमा लिई चालकलाई हिरासतमा राखि अनुसन्धान भईरहेको खानीखोला स्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रेमबन्धु पौडेलले जानकारी दिनु भयो ।