बैदेशिक रोजगारीमा धादिङका महिला रेनुका घर फर्किन, सुनिता पनि फर्कंदै

638 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sisterधादिङ– – केही समय देखि धादिङ जिल्लाका संचारमाध्यममा निकै स्थान पाएका दुई चेलीले यति बेला त्यो स्थान ओगटिरहेका छन ।  तीन वर्षदेखि परिवारको सम्पर्कमा नरहेकी झार्लाङ गाविस १ घर भई हाल धादिङ सदरमुकाम नजिकै बस्ने रेनुका तामाङ घर फर्किएकी छन् ।

तीन वर्ष अघि कुवेत गएकी तामाङ यही हप्ता घर फर्किएकी हुन् । घरेलु कामदारका रुपमा २०६८ साल चैतमा कुवेत गएकी तामाङ ६ महिनासम्म मात्रै परिवारको सम्पर्कमा थिइन् ।१३ महिना सम्म हरेक महिनाको तलव घर पठाउंदा पनि परिवारका सदस्यले संधैभरी पैसा मागेर हैरान पारेको भन्दै परिवारका कोहि संग पनि सम्पर्कमा नरहेकी उनि परिवारको सम्पर्कमा नआएको रहस्य वाहिर आएको छ ।

लामो समयदेखि बेपत्ता छोरी घर फर्किएपछि परिवारमा खुसी छाएको छ । आफुसँग सम्पर्क गर्ने माध्यम नभएकाले पछि परिवारलाई फोन गर्न नसकेको रेनुकाले वताउनु भयो ।

दुई वर्षको सम्झौतामा घरेलु कामका लागि कुवेत पुगेकी रेनुका एक वर्ष सम्झौता थप गरेर बसेकी थिइन् । तीन वर्षको सम्झौता सकिएपछि आफू सकुशल नेपाल फर्किएको उहाँले बताउनुभयो ।

नेपाली दूतावास कुवेतले रोजगारीका लागि सिफारिस दिएपछि रेनुुका पिएन ट्राभल्स एजेन्सीबाट टिकट काटेर कुवेत जानु भएको थियो । घर फर्किएकी तामाङले विदेशमा काम र कमाई राम्रै भएपनि अब भने विदेश नजाने बताउनुभएको छ ।

धन कमाउन भनेर विदेश गएकी दिदी बेपत्ता भएपछि तामाङका भाइ चैतले दिदीको अवस्था पत्तालगाइदिन आग्रह गर्दै धादिङको सूचना केन्द्रमा निवेदन दिनुभएको थियो ।

धादिङकै सुनिता पनि फर्किंदै

sunitaदुई वर्षदेखि सिरियामा बन्धकमा रहेकी छोरी घर फर्किने खबर सुनेपछि धादिङको मुरलीभञ्ज्याङ–८ की साबित्री मगर खुसी हुनु भएको छ । छोरी सुनिता केही दिनमै घर फर्कने खबर बुधबार सुनेपछि साबित्री खुसी हुनु भएको हो । गैर आवासिय नेपाली संघ, एनआरएन फिनल्याण्डका कार्यकारी अध्यक्ष बालकृष्ण श्रेष्ठले गर्नु भएको हो ।

उज्यालो अनलाईनमा समाचार प्रकाशन भएपछि सुनिताको अवस्था पत्ता लगाउन लागि परेको श्रेष्ठले बताउनुभयो । सुनिता विदेशमा अलपत्र परेको खबर आएपछि विभिन्न निकाय मार्फत खोजी गरे पत्ता लगाएको श्रेष्ठले बताउनुभयो । अहिले सुनिताको पासपोर्ट साहुबाट फिर्ता लिएको सुनिताको उद्धारका लागि नेपालीको सहयोगमा आठ सय डलर बुधबारसम्ममा जम्मा गरिसकेको पनि श्रेष्ठले जानकारी दिनुभयो । साहुले पासपोर्ट नदिँदा र मागेको रकम तिर्न नसक्दा सुनिता द्धन्दग्रस्त मुलुक सिरियाबाट नेपाल फर्कन सक्नु भएको थिएन ।

सुनिताको तलब पनि सिरिया पुर्‍याउने दलालले अग्रिम भुक्तानी लिएर गएका कारण सुनिताको बिचल्ली भएको हो । सरकारले जान अनुमति समेत नदिएको देश सिरियामा पुगेकी सुनिताले मंसिरमा आमालाई फोन गरी आफू बन्धकमा परेको बताउनुभएको थियो । सुरुमा दलालले अग्रिम लगेको रकम फिर्ता दिनुपर्ने शर्त राखेर साहुले असहयोग गरेपनि पटक पटकको आग्रहपछि पासपोर्ट फिर्ता दिएको छ । जतिसक्दो छिटो सुनितालाई नेपाल फर्काउन पहल भैरहेको श्रेष्ठले बताउनुभयो । आमा खुवाउने औंसीमा फर्किन्छु भन्दै सुनिताले २०७० सालको वैशाखमा घर छाडेकी थिईन् । घर छाडेदेखि नै परिवारलाई उनको बारेमा कुनै जानकारी थिएन । छोरी बेखर भएपछि परिवारमा चिन्ता थियो ।

दुई वर्षदेखि बेपत्ता सुनिताले मंसिरमा सिरियाबाट रुँदै फोनमा भनिन ‘म यहीँ सड्ने भएँ । घरधनीको कुटाई खानुपर्छ, तलब दिँदैन । कसैसँग बोल्न पाउँदिन । अहिले पनि डराई डराई फोन गरेकी हुँ । आमा मलाई भेट्ने भए नेपाल फर्काउन पहल गर्नुस् ।’ त्यसपछि कुरा हुन सकेको थिएन् । छोरीले रुँदै नेपाल फर्काउन आग्रह गरेपनि साबित्रीसँग न पैसा थियो न त कु नै माध्यम नै । त्यही दिनदेखि छोरीको पीडामा रसाउन थालेका आमाका आँखा बुधबार मलेसीयामा रहेको छोरोले फोनमा सुनाएपछि ओभाउन थालेका छन् । सुरक्षित आप्रवास कार्यक्रम (सामि)ले धादिङमा संचालन गरेको सूचना तथा परामर्स केन्द्रमा निवेदन दिँदै सावित्रीले छोरीको उद्धार गरिदिन आग्रह गर्नु भएको थियो । धादिङको मैदीका मुसे मगरसँग दश वर्ष अघि विवाह गरे पनि मुसेले तीन वर्ष अघि सौता ल्याए र कान्छी श्रीमतीसँगै बस्दै आएका छन् ।

त्यसपछि सुनिताको बिचल्ली सुरु भएको थियो । श्रीमानले नहेरेपछि दुई बालबच्चाको पालनपोषणको जिम्मा पनि एक्ली सुनिता एक्लैले गर्नुपर्ने बाध्यता आईलागे पछि सुनिता विदेश जानु भएको हो । गाउँमा कुनै सम्भावना नदेखेकी सुनितालाई दलालले सिरिया पुर्‍याए । सिरिया पुगेकी सुनिता कुन म्यानपावर कम्पनीबाट विदेशिनु भयो, उहाँको राहदानी (पासपोर्ट) कसरी बन्यो र कसरी उहाँलाई सिरिया पुर्‍याइयो भन्नेबारे परिवारका कसैलाई थाहा छैन ।

सुनिताले जाने बेलामा समेत परिवारसँग कुनै सल्लाह गर्नु भएको थिएन । आमाले त विदेश नजानु भनेको हो, तर पनि सुनिताले छोराछोरीको भविष्य बिग्रिन्छ भन्दै विदेश जान जिद्दी गर्नुभयो । सुनिताका २ बालबच्चा माईतीमा छन् । सौतासँग पोखरामा बस्दै आएका सुनिताका श्रीमान कान्छी श्रीमतीसँगै रमाईरहेका छन् ।