आमाको हत्या आरोपमा छोरासहित चार पक्राउ

569 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

pakrauचितवन -पूर्वी चितवनको वीरेन्द्रनगरमा आमाको रहस्यमय मृत्यु प्रकरणमा दुई छोरासहित चारजना पक्राउ परेका छन् ।

रहस्यमय रहेको उक्त घटनामा दुई छोराले एकअर्काविरुद्ध जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक राजन अधिकारीले  जानकारी दिनुभयो ।

जेठो छोरा कृष्ण अधिकारीसँग बस्दै आएकी आमा धनकुमारी अधिकारीलाई कुटपिट गरी हत्या गरेको घटनामा अनुसन्धान गर्न छोरा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार जेठा छोरा कृष्ण अधिकारीसहित उनकी श्रीमती रेणु अधिकारी, अर्का छोरा शालिग्राम र नाति प्रदीप अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरभित्रै कुटपिटबाट गम्भीर घाइते भएकी धनकुमारीको जेठ १४ गते उपचारका क्रममा मृत्यु भएको थियो ।

सो घटनामा कृष्ण अधिकारीले माइला भाइ शालिग्राम घटनामा संलग्न भएको आरोपमा जाहेरी दिएका थिए । उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरी छाडेको थियो । पछि फेरि जेठा छोरा कृष्णविरुद्ध माइला छोरा शालिग्रामले पनि उजुरी दिएपछि उनीसहित चारलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

खैरहनीका प्रहरी निरीक्षक चिनकपुर गुरुङले आफूहरुलाई स्थानीयवासीले घटनाको थप अनुसन्धान गर्न गएको टोलीलाई अनुसन्धान गर्न नदिएको बताउनुभयो ।