प्रेतशक्तिका लागि भन्दै आफ्नै भतिजीलार्इ बलि

526 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Narabali_Man_bali_779513250एजेन्सी : भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा एउटा विभत्स घटना बाहिर आएको छ । बहराइच जिल्लाको मोतिपुर इलाकामा एक तान्त्रिकले प्रेतशक्ति प्राप्त गर्नका लागि आफ्नी भतिजीलार्इ बलि दिएका छन् ।

भतिजीलार्इ बलि दिएको प्रमाण भेटिएपछि ती तान्त्रिकलार्इ प्रहरीले पक्राउ गरी मुद्धा दर्ता गरेको छ ।

युपी प्रहरीका एसपी नेहा पाण्डेले शनिबार बताएअनुसार मोतिपुर प्रहरी चौकी क्षेत्रमा रहेको सर्रा मुन्दरी गाउँ निवासी तान्त्रिक राकेश कुमारले प्रेत शक्ति पाउनका लागि यस्तो विभत्स प्रयोग गरेका हुन् ।

शुक्रबार राति उनले आफ्नी आमासँगै रहेकी डेढ वर्षकी भतिजी नितुलार्इ चोरेर खेतमा लगेर बलि दिएको एसपी पाण्डेले बताए ।

एसपी पाण्डेका अनुसार बलि दिएपछि ती तान्त्रिकले भतिजीको पेटबाट कलेजो  निकालेका थिए ।

बालिकाका पिता चन्द्रिका प्रसाद हराएकी छोरीका खोजी गर्दै जाँदा तान्त्रिकले बालिकाको शव र निकालिएका अंग अगाडि राखेर तन्त्र साधना गर्दै गरेको अवस्थामा भेट्टिएका थिए ।

पुलिसका अनुसार चन्द्रिकाको बयानका आधारमा राकेशले यो अपराध स्वीकारेका छन् । यो जघन्य अपराधमा उनलार्इ सघाउने तान्त्रिककी पत्नी  फुलउलार्इ पनि पक्राउ गरी हिरासतमा राखिएको छ ।

– एजेन्सी