विश्व सम्पदामा सूचीकृत सम्पदा खुला

491 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagesकाठमाण्डौं–वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले क्षति पु¥याएका उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत सबै जसो सम्पदा सोमबार देखि पर्यटकका लागि खुल्ला गरिएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरुमध्ये बढी क्षति पुगेका भक्तपुर दरबार स्क्वायर, काठमाडौंको बसन्तपुर दरबार स्क्वायर लगायतका स्थल पनि पर्यटकलाई घुम्नका लागि खुल्ला गरिएको छ । भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा भने अझै पनि केही मर्मत गर्न बाँकी रहेकाले त्यस क्षेत्र भने आंशिकरुपमा मात्रै खुल्ला गरिएको पर्यटन मन्त्रालयले जनाएको छ । खुल्ला गरिएका सम्पदामा खतराको सूची टाँसेर पर्यटकलाई हिँड्नका लागि निश्चित बाटो देखाइएको प्ले कार्ड टाँसिएको छ । काठमाडौंको बौद्धनाथ, पशुपतिनाथ लगायतका भूकम्पबाट कम क्षति पुगेका स्थान भने यस अघि नै पर्यटकका लागि खुल्ला गरिसकिएको थियो । वैशाख १२ गतेको भूकम्पले क्षति पुगेका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा तथा अरु पर्यटकीय स्थलहरुमा सुरक्षाको कारण देखाउँदै पर्यटकका लागि बन्द गरिएपनि अहिले ती क्षेत्रका सरसफाइ तथा अन्य अस्थायी व्यवस्था मिलाएपछि ती स्थान पर्यटकको लागि खुल्ला गरिएको हो । सम्पदा खुल्ला गरिएपछि ती स्थानमा पर्यटकहरुको चहलपहल बढेको छ ।