मिनिट्रकको ठक्करबाट रविन्द्रको ज्यान गयो

535 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dhading accident photo 01धादिङ,३ असार – ट्रकको ठक्करबाट धादिङको भुमेस्थान गाविस वडा नम्बर ६ सिम्ले स्थित पृथ्वीराजमार्गमा एक युवकको ज्यान गएको छ भने एक घाईते भएका छन ।
भुमेस्थान गाविसको एक्लेफांटबाट काठमाण्डौंतर्फ जांदै गरेको बा १९ प ८३७५ नम्बरको मोटरसाईकललाई काठमाण्डौंबाट नुवाकोटको विदुर तर्फ जांदै गरेको बा ३ ख ७८६६ नम्बरको मिनिट्रकले ठक्कर दिंदा मोटरसाईकलमा सवार एक युवकको ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार बिहीवार दिउंसो २ वजे तिर भएको सो दुर्घटनामा परि धादिङकै गोगनपानी गाविस वडा नम्बर ५ मान्खुका २१ बर्षिय रविन्द्र भुजेलको ज्यान गएको हो । मिनिट्रकले ठक्कर दिएपछि सडकमा ढलेका भुजेललाई सोही मिनिट्रकको पछाडिको चक्काले किचेको थियो ।
मोटरसाईकल चालकलाई बेहोस अवस्थामा उद्धार गरी उपचारका लागि काठमाण्डौं पठाईएपनि उनको परिचयभ ने खुल्न नसकेको पनि प्रहरीले जनाएको छ । दुर्घटनापछि अबरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको सवारी आवागमन अपरान्ह ३ वजेपछि नियमित भएको थियो । इलाका प्रहरी कार्यालय गजुरी, खानीखोलाका साथै आदमघाट स्थित शशस्त्र प्रहरी वलको टोली दुर्घटनास्थल पुगेको थियो । मोटरसाईकललाई ठक्कर दिएर भाग्दै गरेको मिनिट्रकलाई गल्छि प्रहरी चौकीले नियन्त्रणमा लिएको थियो । ट्रक र चालक दुवैलाई इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ भने शवलाई गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।