बालबालिका ओसार्ने ७ जना पक्राउ

651 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download (3)धादिंङ,  – जिल्ला स्थित बाल कल्याण समितिसंग अनुमति नलिई विपद्मा परेका बालबालिकालाई अवैधरुपमा राजधानी लैजाने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उत्तरी धादिङका रीगाउँ र झार्लाङ्ग गाविसका ४६ बालबालिकालाई केही समय अगाडि काठमाडौंको नागढुङ्गाबाट उद्धार गरिएको थियो । उक्त काममा संलग्न आरोपमा प्रहरीले क्रिश्चियन मेसनरीमा आवद्ध रहेका भारतको दार्जिलिङ्ग घरभै हाल ललितपुरमा वस्ने लबी भुटिया, दावा स्याङ्गवो भुटिया, ललितपुर उपमहानगरपालिका-३ निवासी सिमोरा लामा, ईमाडोलका कुवेर राई, गाउँवाट वालवालिका ओसार्ने धादिंङ झार्लाङ्ग-३ का जंगवहादुर तामाङ्ग,-प्रहरीमा कार्यरत) र रीगाउँ-४ का एनीजर तामाङ लाई हिरासतमा लिई आवस्यक छानविन गरि रहेको छ ।

भूकम्पपछि अविभावकहरु लाई ललाई फकाई राम्रो विद्यायालयमा पढाई दिने भदै  रि गाविस-४ का १३, र बाँकी झार्लाङ्गका विभिन्न वडाहरु वाट बालबालिकालाई लगिएको थियो । केन्दि्रय वाल कल्याण समितीले अनाधिकृत रुपमा बालबालिकाको ओसार पसार गरेको भन्दै बालबालिकालाई  आफनो संरक्षणमा लिई राजधानी वाट जिल्ला स्थित बाल कल्याण समितीमै वैशाख २७ गते फर्काएको थियो । उद्धार गरिएका  २१ जना किशोर र २४ जना किशोरी हरु लाई वा २ ख ६८५५ नंवरको ललितपुर स्थित  निर्मल आवासीय वोर्डिङ्ग स्कुलकै वसमा धादिंङ वाट राजधानी लगिएको थियो ।  ४६ जना मध्ये कतिपय किशोर किशोरी पनि छन ।

‘विना अनुमती राजधानी पुरयाईएका ४६ जना बालबालिकालाई लाइ आवश्यक प्रकृया पुरा गरि एक महिना अगावै अविभावकहरु लाई जिम्मा लगाईएकोे महिला तथा वालवालिका अधिकृत सावीत्री थापा रावलले बताईन् इ कान्तिपुर मा खबर छ ।