२ वटा पेस्तोलसहित ६ जना पक्राउ-पक्राउ पर्नेमा धादिङका चार जना

687 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएका ६ जना


timthumbगत शुक्रबार साँझ हतियारसहितको समूह राजधानीमा गुन्डागर्दी गर्न हिँडिरहेका छन् भन्ने सुराकी महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा आयो।

सो समूहको खोजी गर्न डिएसपी रमेश थापाको टोली खट्यो।
राजधानी भित्रने नाका र उपत्यकाका विभिन्न स्थानमा साँझ परेपछि प्रहरीले सबैतिर सादा पोशाकमा हतियारहित टोली पनि परिचालन गर्‍याे।  एम्बुसिङ गर्‍याे।
नभन्दै राति ११ बजे कलंकी १४ बाट थापा नेतृत्वको प्रहरी टोलीले १ थान पेस्तोल र त्यसमा लाग्ने म्यागेजिन र  ३ जनालाई पक्राउ गर्‍याे।
कलंकीबाट पक्राउ परेका धादिङ लापा ५  घर भइ मनमैजु बस्ने ३३ वर्षका बेगबहादुर तामाङ, सुनसरी घर भइ जमल बस्ने वर्ष २४ का सम्राट राई र काठमाडौं झोर ७ का सुनिल तामाङसँग प्रहरीले थप अनुसन्धान गर्‍याे।
उनीहरुबाट थप अनुसन्धानपछि थापा नेतृत्वकै प्रहरी टोली  राति १ बजे काठमाडौं र धादिङको सिमानामा पर्ने चन्द्रागिरी ५ झ्याप्ले खोलामा पुग्यो। त्यहाँबाट राती २  बजे प्रहरीले १ थान पेस्तोल, म्यागेजिन र ३ राउण्ड गोलि सहित सोही समूहको अन्य साथीलाई पनि पक्राउ गर्‍याे। पछि पक्राउ पर्नेमा धादिङ लापा ४ का सन्देश तामाङ, धादिङ निलकण्ठका काजी श्रेष्ठ र धादिङ दारखाका प्रेम गुरुङ पक्राउ परे।
11205995_10205428603169583_1271316128537891432_n‘हामीले  एम्बुसिङ गरेर उनीहरुलाई पक्राउ गर्न नसकेको ठूलै घटना हुने सम्भावना थियो’, डिएसपी थापाले भने, ‘मौसम अनुकुल हुनुवित्तिकै उनीहरुले जहाँ पनि लुटपाट मच्चाउन सक्थे, सो क्रममा लोड भएको पेस्तोल उनीहरुले चलाउँदा मानिसको ज्यान नै जान सक्थ्यो।’
उनीहरुको साथबाट बरामद गरिएको ७ दशमलव ६२ र ९ एमएमको हतियार एउटा चाइनिज र अर्को अमेरिकामा बनेको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए। ‘ हतियार कहाँबाट कसरी आए त्यो अनुसन्धानको क्रममा छ’, एसएसपी खनालले भने।
प्रहरीले उनीहरुको कोठाबाट प्रहरीको युनिफर्म समेत बरामद गरेको छ। प्रहरी बनेर जाने र  गुन्डागर्दी गर्ने मनसायले उनीहरुले प्रहरीको युनिफर्म प्रयोग गरेको हुनसक्ने खनालले बताए। गुन्डागर्दी निर्मुल पार्न आफूहरुले अभियान नै चलाएको बताउँदै खनालले अपराधीहरुको जालो फाडेरै छाड्ने दाबी गरे।