भूकम्पपछि आत्महत्या बढ्यो

606 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 suicideधादिङ–असार २१, –उपत्यकामा भूकम्पपछि आत्महत्याका घटना बढेका छन् । फागुन र चैतको तुलनामा वैशाख र जेठमा आत्महत्या गर्ने बढेको महानगरीय प्रहरी कार्यालयको विवरणमा छ । प्रहरीका अनुसार उपत्यकामा फागुनमा २६ जना तथा चैतमा २८ जनाले आत्महत्या गरेका थिए । १२ वैशाखको भूकम्पयता वैशाखमा ३६ जना जेठमा ३१ जनाले आत्महत्या गरेका छन् । भूकम्पपछि आत्महत्या गर्नेको संख्या बढेको महानगरीय प्रहरीका प्रवक्ता एसएसपी नारायणसिंह खड्काले बताए । भूकम्पले दिएको पीडाले पनि आत्महत्याको घटना बढेको हुनसक्ने प्रहरी अनुमान छ, नयाँ पत्रिका दैनिकमा खबर छ । f